• ७ जेठ २०८१, सोमबार

अनुको ल्होछार गीत सार्वजनिक

blog

काठमाडौँ, माघ ८ गते । अनु लामाको ल्होछार गीत ‘डम्फु ह्राब्सी’ सार्वजनिक भएको छ । गीतमा अनु स्वयंको अभिनय छ भने उहाँलाई जेरी सोल्टीले अभिनयमा साथ दिनुभएको छ । अन्य कलाकार सागर घिसिङ, रमिता दोङको पनि गीतमा अभिनय रहेको छ । गीतको शब्द अनु लामाले लेख्नुभएको हो भने ल्होछार वरिपरि गीतको परिवेश घुमेको छ । 

जितु लोप्चन र विशाल कल्तनको आवाज रहेको गीतलाई अजय स्याङ्तनले निर्देशन गर्नुभएको हो । गीतमा नरेन मोक्तानको कोरियोग्राफी छ भने गीतको भिडियो विक्रम मोक्तानले खिच्नुभएको हो ।