• ७ जेठ २०८१, सोमबार

नायिका केकी अभिनीत 'जिउने चाहना'

blog

काठमाडौं, माघ ७ गते । डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनमार्फत सार्वजनिक गरिएको हो । 

डाक्टर अधिकारीको शब्द सृजना रहेको गजलमा गायक थानेश्वर गौतमको स्वर तथा सङ्गीत छ । भिडियोमा नायिका केकी अधिकारीसँगै गीतकारको अभिनय देख्न सकिन्छ। 

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायाङ्कन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन विकाश दाहाललेको रहेको छ ।