• ९ मंसिर २०८१, आइतबार

महेश र विनीताको 'हल्कारा' वैशाख २९ मा

blog

काठमाडौं, माघ २९ गते । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनीता थापामगरको मुख्य भूमिका छ । 

फिल्म ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषणा भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जित्नुभएको हो ।

फिल्ममा महेश र विनीतासँगै उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय छ । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गर्नुभएको हो ।