पारिवारिक कथा ‘गुडबाई’
जीवनको अन्तिम सत्य हो मृत्यु । हामी हाम्रो जन्मदिनमा के गर्ने भनेर धेरै योजना बनाउँछौँ तर हामी आफैँलाई थाहा छैन हामी यो संसारमा कति समयका लागि आएका हौँ। यस्तै विषयवस्तु लिएर निर्देशक तथा लेखक विकास बहलले चलचित्र ‘गुडबाई’ बनाउनुभएको छ।
खड्ग जात्रा चलाउन गाह्रो हुँदै
आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदै आएको छ ।
बलिउड अभिनेता अरुण बालीको निधन
काठमाडौं, असोज २२ गते । बलिउडका चर्चित अभिनेता अरुण बालीको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ७९ वर्षको उमेरमा मुम्बईको उपनगरस्थित आफ्नै निवासमा बालीको निधन भएको हो ।‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट् पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ फिल्महरूमा उहाँको अभिनय देख्न सकिन्छ ।
'दुई नम्बरी'को अग्रिम टिकट बुकिङ सुरु
काठमाडौं, असोज २० गते । दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ । क्यूएफएक्सले देशभरका आफ्ना आउटलेमा फिल्मलाई ३५ शोज दिएको हो । क्यूएफएक्सले अग्रिम टिकट विक्रीसमेत सुरु गरिसकेको छ । आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य सो दिएका छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको अभिनय देख्न सकिन्छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेनकोसमेत अभिनय रहेको छ ।फिल्म दिपक मनाङे, अमला देवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको हो ।
फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने
काठमाडौं, असोज १८ गते । फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मितिसमेत घोषणा गर्नुभएको हो । फिल्म आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । जोन योञ्जनले निर्देशन गर्नुभएको फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संयोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका रहेको छ । फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।फिल्ममा आलोक शुक्लाको छायाङ्कन, भीम विश्वकर्माको सम्पादन रहेको छ । किरण कुमार महर्जन सह–निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नवीन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुनुहुन्छ ।
सन्थाल समुदायको नृत्य प्रतियोगिता (फोटो फिचर)
बडादशैंको अवसर पारेर लोपोन्मुख सन्थाल जातिहरुको सांस्कृतिक झाँकीसहितको नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा भएको सन्थाल नृत्यमा झापा र मोरङ जिल्लाका १८ सन्थाल टोलीको सहभागिता रहेको थियो ।
दशैंमा कलाकारको खानपान
नेपालीको महान् चाड बडादशैंले सबैलाई छोइसकेको छ । सपिङ, आफन्त भेटघाट, तास, पिङ, गाउँघर जाने योजनाका साथ नेपालीले दशैं मनाउने गर्छन् ।
पुष्पनको ‘लाहुर’ गीत
काठमाडौं, असोज १६ गते । दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरूको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई देखाइएको छ ।सङ्गीत तयार गर्नुभएका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उहाँले शब्द भने अनिल शर्माको सहयोगमा तयार गर्नुभएको हो ।म्युजिक भिडियो हरि हुमागाईँले निर्देशन गर्नुभएको हो । भिडियोमा उत्तम हुमागाईँको छायाङ्कन र हरिकै सम्पादन छ । कन्सेप्ट डिजाइन भिडियोमा पुष्पन प्रधानको छ ।भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईँ, गोकुल हुमागाईँ, सायना हुमागाईँलगायतको अभिनय छ ।
सिकाली जात्राको हर्षोल्लास
ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीको दिनमा देवी देवताको नाच गरिन्छ ।
दशैंको अवसरमा ‘घर जाँदैछु’ सार्वजनिक
दशैंको अवसरमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
पूर्वका विभिन्न हलमा ‘के’ प्रदर्शन गरिँदै
‘के’ अर्थात् च्याब्रुङ याक्थुङ लिम्बू जातिको भाषा, कला र आयसँग जोडिएको लोकप्रिय परम्परागत बाजा हो । ‘के’ गाई गोरुको छाला विना बनाउन सम्भव छैन । कानुनतः नेपालमा गाई गोरु मार्न पाइँदैन । यो प्रावधानले ‘के’ बाजा संरक्षण र जीविकोपार्जनमा बाधा उत्पन्न हुनुका साथै सांस्कृतिक अधिकार हनन भइरहेको छ । यही मुख्य र यथार्थ विषयवस्तुमा आधारित भएर बनाइएको चलचित्र ‘के’ पूर्वका विभिन्न हलमा प्रदर्शनरत छ ।
‘नालापानी’को ट्रेलर रिलिज
चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई देखाइएको छ । तिहारको छेको पारेर कात्तिक ४ बाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्नुभएको हो ।
चङ्गा उडाउने परम्परा सङ्कटमा
दशैँको आगमनसँगै काठमाडौँ उपत्यकामा आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशैँ सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ ।
फ्राइडे फिल्म : हलमा ‘बाबरी’
फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ ।
विकृतिविरुद्ध सडक नाटक
गाउँगाउँमा अहिले पनि विद्यमान विकृति तथा विसङ्गतिविरुद्ध स्थानीय कलाकारद्वारा सडक नाटक प्रस्तुत गरिएको छ । स्थानीय भाषा र देउडा गीतमार्फत कलाकारहरूले गाउँघरमै पुगेर सडक नाटक देखाएका हुन् ।
‘सखिया नाच’को रमझम सुरु
दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ ।
चलचित्र समीक्षा : अपुरो कथा ‘प्रेमगीत ३’
काठमाडौं, असोज १३ गते । चलचित्र ‘प्रेमगीत ३’ प्रेम (प्रदिप खड्का) र गीत (क्रिस्टिना गुरुङ) बीचको माया प्रेमको कथा हो। प्रेम खजाक राज्यको शासक युद्धवीर (शिव श्रेष्ठ) का कान्छा छोरा हुन जो शुभ समयमा जन्मिएका हुन्छन्। युद्धवीर गरिबमाथि हुकुम चलाउने शासक हुन्। गरिबले आफूले खेतबाट उब्जाएको होस या अन्य केही न केही सामान शासक युद्धवीरको पुर्याउनु नै पर्ने हुन्थ्यो। प्रेमलाई यी सबै कुरामा खासै रुचि हुँदैन। त्यसैले उनी बाल्यकालदेखि नै गाउँकी सोझी सबैको सहयोग गर्ने युवती गीतको मायामा पर्छन्। यता युद्धवीरका जेठा छोरा अमन (मनिष राउत) लाई भने कसरी हुन्छ आफ्नो बुवाजस्तै बन्नु छ र गीतको गाउँ सात गाउँमाथि राज गर्नुछ। यता मन्दिरकी माता (लक्ष्मी बर्देवा) भने दरगाहमा अनिष्ठ हुन्छ भनेर राजालाई बारम्बार सङ्केत गरिरहेकी हुन्छिन्। उनले राजाका दुई छोरा जन्मिदा नै भविष्यवाणी गरिसकेकी हुन्छिन् कि राजा बन्ने योग प्रेमकै भाग्यमा मात्र लेखिएको छ। चलचित्र कथा यही नै हो। प्रेमले राजयोग रोज्छन् कि गीतको प्रेम यही नै चलचित्रको मुख्य कथा हो। प्रेमका दाइ अमन आफू राजा हुन के कस्तो रणनीति अपनाउँछन् त ? यो पनि चलचित्र भित्र गम्भीर रूपमा देखाइको छ। युद्धवीरले जब प्रेम कै साथ दिन्छन्। त्यसपश्चात् अमनको मनभित्र कस्तो चिसोपना पस्छ भन्ने कुरा पनि चलचित्रमा केलाउन खोजिएको छ। चलचित्रमा गीत सातगाउँका गाउँलेको भगवान् कै रूपमा देखिएकी छिन्। उनलाई गाउँका सबैले भरोसा र धेरै नै विश्वास गर्छन् भने गीत पनि कसैले मारकाट गरेको र अरूको कुभलो कदापि सोच्न सक्दिनन् त्यसैले पनि गाउँलेहरूको आशाको बिन्दु बनेकी छिन् गीत। त्यस्तै चलचित्रमा छोटै भूमिकामा भए पनि एक्कासि चलचित्रमा देखिएका अङ्गद (सन्तोष सेन) को एक्सनले भरिपूर्ण दृश्य दर्शकलाई अवश्य नै रमाइलो तुल्याउँछ। अङ्गद प्रेमका साथी हुन्छन्। जब प्रेम कुनै चिजमा फसेका हुन्छन्। तब प्रेमलाई बचाउन अङ्गद आइपुग्छन्। प्रेमकथामा आधारित यस चलचित्र प्रेमको अभिनय बेजोड छ। पहिलोदेखि अन्तसम्मको उनको अभिनयले दर्शकलाई हलमा बाँधिराख्न बाध्य बनाउँछ। चलचित्रको संवादमा केही फितलोपना अवश्य देखिन्छ। तर, पात्रले चलचित्रभित्र गरेको अभिनय यसलाई पन्छ्याइदिएको छ। चलचित्रमा प्रेम र गीतको प्रेमिल दृश्य र गीत सङ्गीतलाई अवश्य नै दर्शकले रुचाउनुहुनेछ। अभिनेत्री क्रिस्टिना गुरुङले अभिनय त्यति पोख्त देखिँदैन जुन प्रदिप खड्काको अभिनयमा देखिन्छ। क्रिस्टिनालाई अझ धेरै मिहिनेतको आवश्यकता भएको देखिन्छ। छोटो भूमिकामा देखिएका अभिनेता सुनिल थापाको अभिनयमा कतै खोट लगाउन ठाउँ छैन। त्यस्तै अभिनेता शिव श्रेष्ठको अभिनयलाई ठिकठाक भन्नुपर्छ। चलचित्रमा देखाइएका भिएफएक्सका दृश्यले अवश्य नै दर्शको आँखा लोभ्याउँछ। हिउँ पर्दै गरेको भिएफएक्सलाई दर्शकले अवश्य नै रुचाउने छन्। त्यस्तै केही द्वन्द्वका दृश्यमा प्रयोग गरिएको रगतको भिएफएक्समा भने चलाखी पुर्याएको देखिन्छ। राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले हिमालका सुन्दर दृश्यलाई आफ्नो फ्रेममा बेजोड तरिकाले अटाएका छन् । मनाङका सुन्दर दृश्यले दर्शकको आँखालाई भने पक्का नै शीतलतापन दिलाउँछ। अन्य कलाकार पुष्कर कार्की, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, प्रेम पुरी, अनुभव रेग्मी लगायतको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको छ। चलचित्र ‘प्रेगगीत ३’ लाई निर्देशक सेनले अन्य चलचित्र भन्दा केही फरक बनाउन अवश्य नै धेरै कोसिस गरेका हुन् र केही दशसम्म उनी सफल पनि भए। चलचित्र निर्देशन गर्न होस या बनाउन चलचित्र हेर्ने भगवान् भनेको दर्शन नै हुन्। चलचित्र हेरिसकेपछि धेरै दर्शकको मनमा यो खट्किन्छ कि आखिर निर्देशक सेनले चलचित्र किन अपुरै छाडे, के यसको अर्को सिक्वेल पनि बन्न लगेको हो र ?
फिल्म 'गडफादर'को ट्रेलर सार्वजनिक
काठमाडौं, असोज १३ गते । चिरञ्जीवी, सलमान खान र नयनतारा अभिनीत दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सलमान खानलाई चिरञ्जीवीको दाइको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि देखाइएको छ । 'गडफादर' अक्टोबर ५ अर्थात् दशैं टीकाको दिन रिलिज हुने भएको छ ।
‘लिक्क वयाः’ म्युजिक भिडियो सार्वजनिक
गीतकार तथा ललितपुर महानगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यको ‘लिक्क वयाः’ नामको म्यूजिक भिडियोको प्रिमियर शो भएको छ ।
'साकुरा नाइट'को पाँचौं सिजन अष्ट्रेलियामा
काठमाडौं, असोज १२ गते । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले त्यहाँका विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरू सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारे जानकारी दिएको हो ।यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन–५ यस पटक ११ देशमा हुने कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताउनुभयो ।अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलबर्न र पर्थलगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डी ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले जानकारी दिनुभयो ।अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थामा डी–ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले व्यवस्थापनको तयारी गरेको छ ।डिसेम्बर १३ तारिखदेखि २१ तारिखसम्म कार्यक्रम हुने भएको छ । अष्ट्रेलिया पछि जापान, दुबई, दक्षिण कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, अमेरिका र नेपालमा पनि कार्यक्रम हुने भएको छ ।यो सिजनको लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समीक्षा अधिकारीले प्रस्तुति दिने बताइएको छ । कर्पोरेसनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेस्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेकोसमेत जनाएको छ ।
रामलीलाको भव्य मञ्चन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां
रामलीलाको भव्य मञ्चन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां
रामलीलाको भव्य मञ्चन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां
रामलीलाको भव्य मञ्चन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां