प्रकाश धितालको ‘आँखाको नानी भित्र’ सार्वजनिक
निर्देशक प्रकाश धितालको आँखाको नानी भित्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
फिल्म 'पुष्पा २' को टिजर सार्वजनिक
दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक गरिएको छ ।
फिल्म 'बिहे पास' को शीर्ष गीत 'मायाको बिहे पास'
दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म 'बिहे पास'को शीर्ष गीत सार्वजनिक भएको छ ।
क्यान्सर विजेताको र्याम सो सम्पन्न
काठमाडौंमा तेस्रो क्यान्सर विजेताहरूको र्याम सो सम्पन्न भएको छ ।
'उडी उडी आ सुबा' बोलको गीत सार्वजनिक
गायिका भावना आचार्य र गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा ‘उडी उडी आ सुबा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
फिल्म ‘बहाव’ आजबाट प्रदर्शनमा
फिल्म ‘बहाव’ आजबाट प्रदर्शनमा आएको छ । बाबु–छोरीको सम्बन्धमा केन्द्रित फिल्म श्रीधर पौडेलले निर्माण गर्नुभएको हो भने फिल्मलाई प्रमोद कँडेलले निर्देशन गर्नुभएको हो ।
'फ्लायर्स फिल्म अवार्ड्स' वैशाखमा
कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स' वैशाख १६ गतेका लागि सरेको छ ।
अस्ट्रेलियामा ‘मङ्गोलियन हार्ट’
चर्चित ब्यान्ड ‘मङ्गोलियन हार्ट’ ले १० वर्षपछि अस्ट्रेलियामा साङ्गीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाको विभिन्न आठ सहरमा ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको हो । साङ्गीतिक यात्रा अप्रिल १० बाट सुरु हुने ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले जानकारी दिनुभयो । “हामी शुक्रबार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान गर्दैछौँ,” लामाले भन्नुभयो, “दस वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ ।
'बहाव'लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'बहाव'ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ ।
पोखरामा ‘बहाव’ को रेडकार्पेट सो
पोखरामा बिहीबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर सो हुने भएको छ। सभागृहस्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर सो हुन लागेको हो।
विशालको विशाल साङ्गीतिक यात्रा
नेपाली साङ्गीतिक जगत्मा चर्चित नाम हो, विशाल ढकाल । ठूला चलचित्रलगायत असङ्ख्य गीतमा सङ्गीत दिएका ढकाल निरन्तर यही क्षेत्रमा सक्रिय हुनुहुन्छ । रोजगारीको सिलसिलामा अहिले अस्ट्रेलिया बस्दै आएका उहाँ नवलपरासीको गैँडाकोट नगरपालिका–५, पारिजात टोलका स्थायीवासी हुनुहुन्छ ।
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुुभएको छ ।
'नाइँ नभन्नु ल ६'को गीत 'तलाउमा ढुङ्गा नहान'
फिल्म 'नाइँ नभन्नू ल ६'को नयाँ गीत 'तलाउमा ढुङ्गा नहान' सार्वजनिक भएको छ ।
जापानी रङ्गमञ्चमा, नेपाली नाटक
पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
‘प्रसाद २’ रोक्न अदालतको आदेश
उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । मङ्गलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।
‘दुई कदम’को छायाङ्कन मुस्ताङमा
उदय सुब्बाको निर्देशनमा चलचित्र ‘दुई कदम’को छायाङ्कन मुस्ताङमा भइरहेको छ । चैत १६ बाट छायाङ्कन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ । दयाराम घिमिरेको कथा रहेको प्रेमकथामा आधारित चलचित्र तारादेवी लिम्बूले निर्माण गर्नुभएको हो । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भँगेरी), कविता
समीक्षा र वाङछिरीङ भोटियाको ‘बर्दिवासको घाम’
गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक भएको छ।
फिल्म 'ब्रह्मास्त्र'काे सिक्वेल बन्ने
फिल्म 'ब्रह्मास्त्र'को पहिलो भागका निर्देशक आयन मुखर्जीले फिल्मको दोस्रो र तेस्रो भाग बन्ने बताउनुभएको छ ।
'बहाव'को शीर्ष गीत 'बहाव यी मनका' सार्वजनिक
चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म 'बहाव'को दोस्रो गीत सार्वजनिक भएको छ ।
‘गीतले सन्देश दिनुपर्छ’
सामाजिक परिवर्तन र राष्ट्रियताका सवालमा गीत गाउन रुचाउने गायक अर्जुन कौशल यति बेला युवा पुस्तामाझ चर्चित हुुनुहुन्छ । यानीमाया हो, नथियावालीले, भीरको बाटोजस्ता गीतबाट साङ्गीतिक क्षेत्रमा चर्चित कौशलले हालसम्म तीन सय गीत गाइसक्नु भएको छ । २०५४ सालदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय कौशललाई गीत सङ्गीतभन्दा अर्को पेसामा जानु परेको छैन । विशेष गरी सामाजिक परिवर्तन, राष्ट्रियता र विभिन्न भाषाभाषीमा पनि गीत गाउने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गीतले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिनुपर्छ भन्ने मलाई लाग्छ, समाज परिवर्तनका लागि पनि हामीले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ जुन मैले गीत सङ्गीतमार्फत त्यो भूमिका निर्वाह गर्दै आएको छु ।”
चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता गर्ने
चलचित्र विकास बोर्डको आयोजनामा लघु चलचित्र प्रतियोगिता हुने भएको छ ।
इण्डियन आइडल-१३ का विजेता ऋषि सिंह
भारतको चर्चित गायन रियालिटी सो इण्डियन आइडल–१३ को उपाधि अयोध्याका ऋषि सिंहले जित्नुभएको छ ।
गायिका अन्जु पन्तको 'मायाको रातो रुमाल'
गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ ।
नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु : निर्देशक द्विवेदी
भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।