कलाकारका सङ्कल्प: नयाँ ठाउँ घुम्नेदेखि समयमा खानेसम्म
भित्तामा फेरिने क्यालेन्डरसँगै धेरैले नयाँ सपना बुन्न थाल्छन्। विगतका दुःख र कष्ट, पीडा असफलता दोहोरिएर नआओस् भन्ने कामना गर्दै आगामी दिनको सुन्दर कल्पनासहित नयाँ योजना पनि तय गर्ने गर्छन्। यही मेसोमा नेपाली सिनेजगत्का विभिन्न व्यक्तिहरूले नयाँ वर्षमा के–कस्तो काम गर्ने योजना बनाएका छन् भनी गोरखापत्रले बुझ्ने प्रयास गरेको छ।
सिनेमाघर एपमा चलचित्र ‘प्रेमगञ्ज’
ओटीटी प्लेटफर्म सिनेमाघर एपमा नयाँ वर्षको अवसर पारेर चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजनलगायत सम्पूर्ण स्मार्ट डिभाइसहरूमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो।
राजेश हमालसहित ४५ जना कलाकार विभूषित
अभिनेता राजेश हमाल, नीर शाह, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई नयाँ वर्षको अवसरमा शुक्रबार मानपदवी, अलंकार र पदक प्रदान गरिएको छ ।
नयाँ वर्षमा तीन चलचित्र
नयाँ वर्षको साइत पारेर शुक्रबार तीन नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएका छन्। ‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र हो। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङलगायतको अभिनय छ।
फिल्म 'हल्कारा'मा वैदेशिक रोजगारीको कथा
वैशाख २९ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
मलाई ठूलो कलाकार बन्ने रहर छैन : केदार घिमिरे
अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले यस वर्षको अभिनेताको अवार्ड प्राप्त गर्नुभएको छ । बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई यो वर्षको अभिनेताको अवार्ड प्रदान गरेको हो ।
ज्येष्ठ कलाकारको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछ : राज्यमन्त्री ठकुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरूको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ ।
फिल्म 'कैदीको पत्र' को ट्रेलर सार्वजनिक
सनम कुमार वैरागको निर्देशनमा बनेको फिल्म ’कैदीको पत्र’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
लोकस्टार शनी विश्वकर्माको गीत टिकटकमा रुचाइदै
नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ टिकटकमा अत्यधिक रुचाइएको छ । लोकस्टार शनी विश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।
आयो ‘गणपति’को टिजर
अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत चलचित्र ‘गणपति’को टिजर रिलिज भएको छ। सबिन अधिकारीले निर्देशन गर्नुभएको चलचित्रमा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेललगायतको अभिनय रहेको छ।
स्टारडम नचलेको वर्ष
नेपाली ‘फ्लेबर’ मन पराउने चलचित्र पारखीका लागि विक्रम संवत् २०७९ निराशाजनक रहेन। उत्साहप्रद नै रह्यो। महापुरुष र झिँगेदाउ’ मात्र होइन छक्कापञ्जा–४, कबड्डी–४, प्रेमगीत–३ र फूलबारी दर्शकको मनमा मात्र बस्न सफल भएनन्, कमाइका दृष्टिले पनि अब्बल साबित भए। यी छ चलचित्रले मात्र ६० करोड रुपियाँभन्दा बढी व्यापार गरे भने केहीले औसत व्यापार गरे।
चलचित्रमा अभिनय नगरेकाहरूको सदस्यता खारेज हुने
नेपाल चलचित्र कलाकार सङ्घले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।
‘प्रसाद २’ वैशाख १५ मा प्रदर्शन हुने
विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
‘छक्का पञ्जा ४’ को कमाइ आकर्षक
कोभिड–१९ को महामारीपछि बाँकेको नेपालगञ्जका चलचित्र भवनमा पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्दो छ। नेपालगञ्जस्थित बागेश्वरी क्युएफएक्स चलचित्र भवनमा ४० दिनदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ यो वर्ष बाँके जिल्लामा सबैभन्दा धेरै हेरिएको र धेरै व्यापार गर्ने चलचित्र बन्न पुगेको छ।
रङ्गमञ्चको आशालाग्दो वर्ष
रङ्गमञ्च क्षेत्रका लागि २०७९ साल फलदायी रह्यो। २०७८ सालजस्तो यो वर्ष रङ्गमञ्च सुस्ताएर बस्नुपरेन । वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलदेखि अनुप बराल, निशा शर्मा, घिमिरे युवराज, अशान्त शर्मा, सुलक्षण भारती, आकाङ्क्षा कार्की, राजन खतिवडा, दयाहाङ राई, विजय बराललगायत कलाकारहरूले कोभिड–१९ बाट थलिएको रङ्गमञ्चलाई उठाउने प्रयास गर्नुभयो। २०७९ सालको अन्त्यसम्म आउँदा पनि आरोहण गुरुकुलमा ‘माक्र्स फर्किए’, मण्डलामा ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेका छन्।
कलाकार केदार घिमिरेको जन्मदिन
हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गर्नुभएको छ ।
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ ।
चलचित्र ‘नाइँ नभन्नु ल ६’को प्रदर्शन रोकियो
चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो ।
फिल्म 'जारी'को अग्रिम टिकट बुकिङ सुरु
आगामी वैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ ।
‘माया जाने हो त ट्याक्टरमा’ सार्वजनिक
आर्टमान्डुले नयाँ म्युजिकल चलचित्र ‘माया जाने हो त ट्याक्टरमा’ सार्वजनिक गरेको छ। गीतको भिडियोमा सम्रान्त थापा, अञ्जना बराइली र प्रकाश नेपालीको अभिनय छ।
फिल्म 'गणपति'को टिजर सार्वजनिक
अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने
हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।
गण्डकी प्रदेशका जिल्लामा घुम्ती चलचित्र कार्यक्रम
चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्ला गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङमा घुम्ती चलचित्र तथा चलचित्र साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लाका चलचित्र भवनहरू नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुला स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो ।
एउटी नारीको विद्रोहको कथा ‘बहाव’
‘चुप होइन यो समय भनेको चुम्बनको हो’ चलचित्र ‘बहाव’को प्रदर्शनअघि यो संवाद दर्शकबीच धेरै नै चर्चामा रह्यो । अझ टिकटकमा त यो संवाद भाइरल नै बनेको थियो । चलचित्र प्रदर्शनअघि नायिका सुरक्षा पन्तको १८ सेकेन्डको लामो चुम्बनको दृश्यले पनि राम्रै चर्चा बटुल्न सफल भयो ।