काठमाडौं, चैत २४ गते । काठमाडौंमा तेस्रो क्यान्सर विजेताहरूको र्याम सो सम्पन्न भएको छ । क्यान्सर रोग लागे पनि उपचारपछि मानिस आत्मबलसहित नयाँ जीवनमा फर्किन सक्छ भन्ने यसको उद्देश्य बिहीबार उक्त सो आयोजना गरिएको हो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च र नेपाल क्यान्सर सहयोगी समूहको सहकार्यमा सोमा क्यान्सर जितेका ५० भन्दा बढी व्यक्तिको सहभागी थिए ।
कार्यक्रममा डाक्सर नर्स, क्यान्सर जितेका व्यक्तिहरूले गायन, नाच प्रस्तुति गर्नुका साथै कविता वाचन गरेका थिए । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले क्यानसरको उपचार नेपालमै सम्भव रहेको बताउनुभयो । उहाँले क्यान्सर भएको स्मरण गर्नुहुँदै उहाँले ६ वर्षसम्म उपचारबाट बचाएको सुनाउनुभयो ।
सहभागी क्यान्सर विजेताले पछिल्लो समयमा क्यान्सर रोगको उपचारका लागि पछिल्लो समय विकसित भएका प्रविधि र दक्ष जनशक्ति समेत नेपालमै उपलब्ध भएकाले अब क्यान्सर लाग्दैमा विदेशिनु पर्ने बाध्यता नभएको बताउनुभएको थियो ।
बेला बेलमा चेकजाँच गर्ने र क्यान्सर भए नभएको यकिन गरेमा यदि क्यान्सर भएको खण्डमा पहिलो स्टेजमै उपचार गर्न सके कसैले पनि क्यान्सर रोगबाट ज्यान गुमाउन नपर्ने उहाँहरुको तर्क थियो ।