काठमाडौं, चैत १२ गते । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिनुभएको छ । चलचित्र निर्देशक समाजको १५ औँ महाधिवेशनबाट कार्यसमिति सर्वसम्मत रुपमा पराजुली निर्वाचित हुनुभएको हो ।
यस्तै, उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध निर्वाचित हुनुभयो । सीमा गुरुङ र रामकुमार श्रेष्ठ सह–सदस्य निर्वाचित हुनुभएको हो ।