• ८ पुस २०८२, मङ्गलबार

अनुगमन हुँदै दलका क्षतिग्रस्त कार्यालय

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस ८ गते । सरकारले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त राजनीतिक दलका कार्यालयमा अनुगमन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी अर्थात् तत्कालीन नेकपा (माओवादी केन्द्र) लगायतका दलका कार्यालय अनुगमन गरिने छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने छ । मङ्गलबार बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा (एमाले) सहित दलका पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ ।