शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रामकृष्ण बोहरा
बागलुङ, चैत २४ गते । गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर (एभिएम), बागलुङ सुधार केन्द्र र बागलुङ कालिका युवा क्लबले विजयी सुरुवात गरेका छन् ।
बाङेचौर खेल मैदानमा मङ्गलबार भएको खेलमा एभिएमले सेभेन एट फुटसललाई ८–० गोलले हरायो । अर्को खेलमा बागलुङ सुधार केन्द्रले प्रबुद्व युवा क्लबलाई ४–० तथा बागलुङ कालिका युवा क्लबले बागलुङ स्पोर्टस् क्लबलाई ५–० गोलले हरायो । प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै सेमिफाइनमा पुग्ने टोलीलाई १२/१२ हजार रुपियाँ तथा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई ५/५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।