• २४ चैत २०८२, मङ्गलबार

फाप्ला क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजना बन्छ : मन्त्री पोखरेल

blog

‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’को निरीक्षण गर्दै शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायत ।

नीराजन परियार

चौमाला (कैलाली), चैत २५ गते । धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

मङ्गलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजनाको प्रगति मूल्याङ्कन गर्दै सरकार यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताउनुभयो ।

आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता महत्त्वपूर्ण प्राविधिक प्रक्रिया पूरा भइसकेको छ ।

फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले लामो समयको तयारीपछि आयोजना निर्माण चरणमा प्रवेश गरेको जानकारी दिँदै मन्त्रीस्तरीय चासोले काममा थप ऊर्जा मिलेको बताउनुभयो ।

निरीक्षण टोलीमा कैलाली निर्वाचन क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्य आनन्दबहादुर चन्द, कैलाली-३ का केपी खनाल लगायतको सहभागी रहेको थियो ।