काठमाडौं, फागुन ९ गते । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नाङ्गो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको प्रवेश भएको छ । निर्माण पक्षले सोमबार उहाँहरुसँग सम्झौता गरेको हो ।
यसअघि फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर अनुबन्धित हुनुभएको छ ।
आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकार पनि अभिनय रहनेछ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ ।