• १२ मंसिर २०८१, बुधबार

"नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय भूमिका"

blog

काठमाडौं, फागुन ७ गते । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले कलाकर्मीलाई सम्मान गर्नुभएको छ । उपराष्ट्रपति भवन लैनचौरमा आयोजित एक विशेष समारोहमा उपराष्ट्रपति पुनले नेपाली चलचित्र क्षेत्रमा त्रिमूर्ति भनेर चिनिने नेपालको प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुसाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंहलाई ‘विशिष्ट कला सम्मान’द्वारा सम्मानित गर्नुभएको हो ।

यसै अवसरमा कलाकार निर्देशक लय संगौला, डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार निर्देशक मोहन निरौलालेसमेत ‘विशिष्ट कला सम्मान’ प्राप्त गर्नुभएको छ ।

ब्राण्ड यु पिक्चर्स प्रालि र तारकेश्वर कला प्रतिष्ठानले निर्माण गरेको टेलिश्रृखला ‘अब जे होला होला’ को ५२ औँ भागमा पुरा गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा ‘विशेष कला सम्मान’ चलचित्र निर्माता सङ्घका अध्यक्ष नवाल खड्का, कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, कलाकार शिवहरी वैरागी, सुवास गजुरेल, निर्देशक शोभित बस्नेत, अभिनेत्री रश्मि भट्ट, किशोर भण्डारी, दमन रुपाखेती, शेखर खनाल, लोक गायक ध्रुवराज खड्का, पत्रकार कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, कुबेर गिरी, गीता अधिकारी, दीपज्योती थापा, अशोककुमार बस्नेत, सुरेन्द्र थापालगायतलाई सम्मान गरिएको थियो ।

यस्तै, निर्देशक-सम्पादक प्रेम शर्मा पौडेल, छायाँकार ज्ञान कुमार कटेल, डिजाइनर टिका ध्वज थापा क्षेत्री रमेश, साउण्ड इन्जिनियर मनोज परियार, कलाकार दीपक रायमाझी, शोभा भण्डारी, योगेश बुढाथोकी, दिलीप थापा, नारायण पन्त, नवीना थापा, श्याम कुमार मिश्र, योगेन्द्र कार्की, किरण के.सी., शर्मिला लुइँटेल, भूमिका गिरी, आस्मा तामाङ सुस्मा, आयुष दाहाल, विनीता भण्डारी, सुरक्षिता भट्टराई, अनामिका चौलागाई, कबिर सिंह ठकुरी, कृष्ण प्रसाद लामिछाने भिर, गायत्री पाण्डे, सरस्वती पाण्डे, मनिता डङ्गोल, नवराज तिवारी, अस्मिता भट्ट, गगन बास्तोला, सुस्मिता श्रेष्ठ, विजय तिमिल्सिना, सुस्ता पाण्डे, रश्मि आचार्य, शंकरदेव कँडेल, शिवशरण खड्का, रुपा थापा, स्मृति लामिछाने, बिजेन्द्र नौबागे, समाज सेवी धन बहादुर नेपाली, प्राविधिक शिव पराजुली, गायक सङ्गीतकार चिरञ्जीवी भण्डारी, दिलीप के.सी.,  निर्देशक माधव खरेल, रामशरण कोइराला, गजेन्द्र रञ्जित, फोटो पत्रकार सुरेन्द्र थापा, केशव पाण्डे, प्रोडक्शन डिजाइनर सुवास राज काफ्ले, मेकअप आर्टिष्ट टेकराज पाण्डे, गीता पौडेल, लक्ष्मी मल्ल, भिडियो सम्पादक साजन घले, सरिता गौतम, छायाँकार कृष्ण बहादुर थापा, राजु श्रेष्ठ लगायत कलाकार, प्राविधिक र टेलिचलचित्र युनिटलाई समेत ‘कला सम्मान’ प्रदान गरिएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । "प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरूलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्छ", उहाँले भन्नुभयो, "भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनीय छ ।"

ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’का निर्माता निर्देशक कलाकार उत्तम केसी हुनुहुन्छ । टेलिश्रृंखलाको सफलताको खुसी सबै माझ बाँड्न र कलाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई सम्मान गर्न आफूले कार्यक्रम आयोजना गरेको कलाकार निर्देशक उत्तम केसीले बताउनुभयो ।