• १३ साउन २०८१, आइतबार

मेलिना र कृष्णको ‘चट्ट मायालु’

blog

काठमाडौँँ, फागुन ३० गते । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमानसिंह बस्न्यातको शब्द, टीका बम्जनको सङ्गीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गर्नुभएको हो ।

प्रेमिल शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमिकाको सौन्दर्यको वर्णन गरेका छन् । गीतमा अभिनेता आकाश श्रेष्ठ, पुष्पबहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकि इटानीको अभिनय छ । गीतको निर्देशक शिव विक हुनुहुन्छ । रोशन भुसालको छायाङ्कन रहेको गीत मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो । गीतको भिडियो मोडल सकिको अफिसियल युुट्युब च्यानल सकि इटानीमार्फत सार्वजनिक गरिएको हो ।