• २५ चैत २०८२, बुधबार

कलाकार खड्काको निधन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २५ गते । वरिष्ठ कलाकार हरिबहादुर खड्काको ८१ वर्षको उमेरमा निधन भएको छ । उहाँ पक्षाघातको बिरामी हुनुहुन्थ्यो । उहाँका माइला छोरा अर्जुन खड्काका अनुसार एक महिनाअघि लडेर खुट्टा भाँचिएको र खुट्टा नचलेको र फोक्सोमा गएर रगत जमेका कारण उहाँको मृत्यु भएको हो । 

चित्रकलालाई जीवनको ध्येय बनाएका खड्काले आफ्नो सम्पूर्ण सक्रिय समय बबरमहलस्थित नेपाल कला परिषद्मा बिताउनुभएको थियो । प्रारम्भमा सामान्य कर्मचारीका रूपमा कार्यरत उहाँ क्रमशः व्यवस्थापक हुँदै परिषद्को सञ्चालक समिति कोषाध्यक्षसम्म हुनुभयो । खड्काले सयभन्दा बढी सामूहिक चित्रकला प्रदर्शनीमा सहभागिता जनाउनुभएको छ । 

चार जना छोरा विदेशबाट आउन बाँकी भएको हुनाले उहाँको अन्त्येष्टि बुधबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने छ ।