• २५ चैत २०८२, बुधबार

थापाको निर्माणमा ‘सेतो धरती’

blog

काठमाडौँ, चैत २५ गते । लेखक तथा प्राज्ञ अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ लाई नाट्य रूपान्तरण गरिएको छ । मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तकमा आधारित नाटक कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो । नाटकको मुख्य भूमिकामा अभिनेतृ बेनिशा हमाल रहनुभएको छ । हमालले यसै नाटकबाट रङ्गमञ्चमा डेब्यु गर्न लाग्नुभएको हो ।

नाटकको निर्माता अभिनेतृ रेखा थापा हुनुहुन्छ । नाटकमा कलाकार हमालसँगै थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकार एकै पटक मञ्चमा देखिँदै छन् । नाटक यही चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुने छ । हाल रिहर्सल भइरहेको नाटक कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रङ्गमञ्च, चलचित्र र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताउनुभयो ।