बेरुजु नियन्त्रमा चुनौती
बर्सेनि वृद्धि भइरहेको बेरुजु रकम सरकारी लेखा प्रणालीका निम्ति निकै चिन्ताको विषय बनिरहेको छ। यसबाट वित्तीय अनुशासनहीनता तथा दण्डहीनताको स्थितिसमेत सिर्जना भइरहेको छ। मुलुकको सरकारी लेखा प्रणालीलाई सही दिशामा निर्देशित गर्न बेरुजु विकृतिलाई नियन्त्रण गर्दै न्यूनीकरण गर्नु अति जरुरी पक्ष भइसकेको छ। बेरुजु भ्रष्टाचार नै त होइन तर सरकारी वित्तीय प्रणालीमा देखिएको विकृति हो र यसबाटै भ्रष्टाचारको मुख खुल्न सक्नेछ। नेपालका हरेकजसो सरकारी, अर्धसरकारी निकायका बेरुजु बर्सेनि घट्ने दिशामा छैनन्, क्रमशः बढ्दो क्रममा छन्। राज्यको आयस्रोत असाध्य सीमित हुँदै गइरहेको परिवेशमा वैदेशिक सहायताबाट सञ्चालित आयोजना बेरुजु विकृतिले दातृ निकायलाई निराश तुल्याउने खतरा बढेको छ।
प्राकृतिक सम्पदा संरक्षण
अतिशय मानवीय लोभ प्रकृति विनाशको कारण बनेको छ। विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा तीव्र रमाउने मानवीय कारणले उत्पन्न हुँदै छ। औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनायो। औद्योगिक विकास तथा समृद्धिको नाम दिइएको त्यस आधुनिक विकास व्यापक ऊर्जामा आधारित थियो। जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बन्यो। त्यसले फाल्ने दूषित धुवाँ नै विश्वतापमान बनाउने मूल कारण बन्यो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन्। प्राकृतिक चक्रमा अवरोध छ। त्यसको प्रत्यक्ष असर हाम्रा मनोरम हिमशृङ्खलामा समेत परेको छ।
धानको समर्थन मूल्य
नेपाल कृषिप्रधान मुलुक भनेर लामो समय चिनिए पनि कृषिमै स्वनिर्भरता हुन सकेको छैन। संसारभर कृषि उत्पादन बढाउन सरकारी तवरबाट कृषकको हक, हित तथा संरक्षण महत्त्वपूर्ण विषय हुन आउँछ। पछिल्ला दिनमा मुलुकले खाद्यान्न, फलफूल, बीउबिजनजस्ता कृषिजन्य उत्पादनकै आयातमा अर्बौं रुपियाँ धनराशि व्यय गरेको छ। यो अवस्थामा सुधार गर्न सरकारले कृषकका उब्जनी खरिद गरिदिने, राम्रो बजार मूल्य पाउने वातावरण तयार गरिदिनेजस्ता विषयलाई महत्त्व दिनु जरुरी छ। यसबाट मुलुकमा कृषि पेसामा आकर्षण वृद्धिका साथै रोजगारी सिर्जना, खाद्यान्न आयातमा कटौती, वैदेशिक मुद्राको बचतजस्ता पक्षहरूमा सकारात्मक प्रभाव पर्नेछ। यसै सन्दर्भमा सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतमा समर्थन मूल्य तोकेको छ। धानको न्यूनतम समर्थन तोकिँदा कृषकलाई केही हदसम्म भए पनि राहत देखिन्छ।
बीमा प्राधिकरणप्रति अपेक्षा
नेपाली बीमा क्षेत्रको नियामक निकायका रूपमा बीमा समितिले कार्य गरिरहेको थियो । ऐनअनुसार नै स्थापनापछि लामो समय बीमा समितिले नेपालको बीमा क्षेत्रको संस्थागत योगदान पु¥याइरहेको हो । संसद्बाट बीमा ऐन २०७९ ले बीमा क्षेत्रको संस्थागत र संरचनागत सुधारका धेरै क्षेत्रलाई समेटेको छ । ऐन कार्यान्वयन भएसँगै बीमा समिति खारेज भएर नेपाल बीमा प्राधिकरण अस्तित्वमा आएको छ । बीमा ऐन यही मङ्गलबारदेखि कार्यान्वयनमा आएपछि बीमा प्राधिकरण समस्त बीमा क्षेत्रको नियामक निकाय भएको छ । ऐनले प्राधिकरणलाई अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था मानेको छ । संस्थागत कानुनी व्यक्तिकै हैसियत प्रदानसँगै विभिन्न अधिकार तथा जिम्मेवारीको दायित्व बीमा प्राधिकरणमा आउनु स्वाभाविक हो ।
वैदेशिक लगानीको प्रभाव
वर्तमान विश्वमा वैदेशिक लगानी कुनै पनि मुलुकको आर्थिक विकासमा निकै नै सहयोगी हुने गरेको छ। हाम्रै छिमेकी मुलुक चीन, भारत, बङ्गलादेश वैदेशिक लगानीले आर्थिक विकास गरिरहेको नजिकका राम्रा उदाहरण हुन्। नेपालमा पनि प्रजातन्त्रको पुनबर्हालीपश्चात् वैदेशिक लगानीको केही आशलाग्दो बाटो लिएको हो। खास गरी आर्थिक उदारीकरणको नीति अवलम्बनसँगै विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारले पहल गरेको थियो। फलतः मुलुकको औद्योगिकलगायत विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्रिरहेका छन् र यो क्रमले निरन्तरता पाइरहे पनि उत्साहजनक अवस्था भने अझै देखिएको छैन। लगानीका लागि अझै धेरै समस्या
निर्वाचनमा सुरक्षा प्रबन्ध
लोकतन्त्रको मूल आधार आवधिक निर्वाचनलाई मानिन्छ। आउँदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका निम्ति मतदान कार्य हुँदै छ। मुलुकका सातै प्रदेश र ७७ जिल्लामा एकै चरणमा हुन लागेको यो आमनिर्वाचनको ऐतिहासिक र विशेष महत्त्वसमेत छ। मूल कुरा त एकै चरणमा देशभर निर्वाचन हुँदै छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित तवरले सम्पन्न गर्नु यतिबेलाको मूल दायित्व हो। एकै चरणमा निर्वाचन सम्पन्न गर्नु सुरक्षाका दृष्टिकोणले निकै नै चुनौतीपूर्ण कार्य हो। अझ यसमाथि निर्वाचन बिथोल्नका लागि केही समूह लागिपरेका कारण थप सुरक्षा चुनौतीसमेत देखिएको छ। एकै चरणमा देशभर निर्वाचन सम्पन्न गर्ने योजना आफैँमा विशेष महत्त्वपूर्ण छ।
जलवायु सम्मेलनको सार्थकता
वर्तमान विश्वका लागि जलवायु परिवर्तन निकै नै टाउको दुखाइको विषयका रूपमा देखिएको छ । यसबाट सिर्जित समस्या विश्वभर छरप्रस्ट छन्। ताममान बढिरहेको छ भने हिमनदीहरू पग्लिरहेका छन्। कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ भने समुद्रमा पानीको सतह बढेर तटवर्ती सहरहरू जोखिममा परेका छन्। अनेक रोगब्याधिको कारणसमेत जलवायु परिवर्तनसित जोडेर अध्ययन अनुसन्धान भइरहेको छ। जलवायु समस्याबा
चर्को ब्याजदरको असर
कुनै पनि मुलुकमा औद्योगिक गतिविधिसहित सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाउन बैङ्क तथा वित्तीय संस्था र उद्योग–व्यवसायबीच निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यी दुईबीचको सम्बन्ध नङ र मासुझैँ हुनुपर्छ। एकलाई परेको समस्याले अर्कोलाई प्रत्यक्ष रूपमै प्रभावित गरिरहेको हुन्छ। यी दुवै क्षेत्रको सकारात्मक विकासका निम्ति दुवैबीच सौहार्द र रचनात्मक सम्बन्ध विस्तार हुनु अति आवश्यक देखिन्छ तर
निर्वाचन प्रचारको रौनक
विगतका निर्वाचनको तुलनामा निर्वाचन आयोगले यस पटक धेरै पक्षलाई सुव्यवस्थित गरेको छ। आचारसंहितालाई प्रभावकारी बनाउँदै राजनीतिक दल र उम्मेदवारलाई मतदातासमक्ष पुग्न समयतालिकालाई मितव्ययी र मर्यादित बनाउने प्रयास गरेको छ। त्यसैको फलस्वरूप मतदानको १७ दिनअघि मात्र प्रचारप्रसारका निम्ति खुला गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान अर्थात् मङ्सिर ४ आउन १७ दिन बाँकी रहँदा बिहीबारदेखि नयाँ चरण आरम्भ भएको छ। नयाँ चरणअन्तर्गत राजनीतिक दल र उम्मेदवारले बिहीबारदेखि आम
मतदाताको परीक्षामा दल
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा दलहरूको तयारी तीव्र हुँदै गएको छ। यसैक्रममा राजनीतिक दलले मतदातालाई आफ्नो पक्षमा पार्न घोषणापत्र जारी गर्न थालेका छन्। सबैजसो राजनीतिक दलले घोषणापत्रमा मुलुकमा शान्ति, समृद्धि, विकास र जनताले भोग्नुपरेका समस्या समाधानलाई प्राथमिकता दिएका छन्। नेपाली कांग्रेसले गत शनिबार आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरिसकेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्गलबार घोषणापत्र जारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल समाजवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलले पनि आफ्नो प्रतिबद्धता सार्वजनिक गरी चुनावी मैदानमा गएका छन्।
जलवायु परिवर्तनको असर
वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ।
वैदेशिक व्यापारको दिशा
भन्सार विभागको पछिल्लो तथ्याङ्कले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा ह्रास आएको देखाएको छ। यस अर्थमा २०७९ सालको साउन, भदौ र असोज गरी तीन महिनामा नेपालले गर्ने विदेशी सामानको आयातसँगै यहाँबाट निर्यात हुने वस्तुमा समेत कमी आएको छ। प्राप्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको तीन महिनामा आयातमा १६ प्रतिशतभन्दा बढीले कमी आएको छ। गत आ
सङ्कल्पपत्रको सार्थकता
नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनलाई दृष्टिगत गरी शनिबार पार्टीको घोषणापत्रलाई सङ्कल्पपत्रका रूपमा सार्वजनिक गरेको छ। ठूला दलले मतदातालाई निर्वाचनमा विजयी भएमा गर्ने प्रतिबद्धता नै घोषणापत्र हुन्। लोकतान्त्रिक प्रणालीमा यसको गहिरो महत्व छ। हरेकजसो राजनीतिक दलले मतदातासमक्ष यस्ता घोषणापत्र वा प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेकै हुन्छन् तर हामीकहाँ घोषणापत्रको कार्यान्वयनमा भने विगतदेखि नै अनेक प्रश्न उठ्दै आएका छन्।
निर्वाचनको तापमान
यस वर्षको दशैँ, तिहार, नेपाल संवत्जस्ता चाडपर्व हाम्रा घरआँगनबाट बिदा भइसकेका छन् र छठ पर्व हाम्रो सामुन्ने छ। यी पर्व मनाउने क्रममा कुनै किसिमका बाधा–व्यवधान सिर्जना नभएकै कारण समग्रमा नेपालीले हर्ष, उमङ्ग तथा उल्लासका साथ मनाए। यी ठूला पर्व बिदा भएसँगै
हार्दिक शुभकामना
चाडपर्व नेपाली सभ्यता र संस्कृतिका गहना हुन्। एकताका प्रतीक हुन्। त्यसक्रममा वि.सं २०७९ को तिहार, नेपाल संवत् र छठजस्ता पर्वको हर्ष, उल्लास तथा उमङ्ग नेपालीको घरआँगनमा आइरहेको छ। बडादशैं सम्पन्न भएसँगै यी महत्वपूर्ण चाडपर्वको स्वागतले यो शरद् ऋतुमा नेपालीहरू जोस, जाँगर बढिरहेको छ। राजनीतिक रूपमा आसन्न मङ्सिर ४ गतेको संसदीय निर्वाचन घरदैलोमा आउँदै गर्दा चाडपर्वले नेपालीमा अझ हौसलाको वातावरण बनेको छ।
फूलमा स्वनिर्भरको प्रयास
नेपालीको दोस्रो महान् चाड तिहार हाम्रा घरआँगनमा भित्रिइसकेको छ। तिहारका पाँच दिनलाई प्रकृति र मानवबीचको अन्तरसम्बन्ध उजागर गर्ने पर्वका रूपमा पनि लिइन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना यो पर्वको खास विशेषता हो। दिदी–भाइको अटुट प्रेमको चाडका रूपमा यसको नेपाली समाजमा निकै महत्वपूर्ण स्थान छ। मानव जीवन उपयोगी पशुपन्छी काग, कुकुर, गाई, गोरुका साथै प्रकृत्तिप्रदत्त गोवद्र्धन पर्वत (डाँडाकाँ
मतदाता शिक्षामा सुधार
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षितभन्दा बढी नै मत बदर भयो। आँकडामा उल्लेख गर्नुपर्दा दुई दशमलव चार प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत आंशिक बदर भएको थियो। यो आँकडाले मतदाता शिक्षा प्रभावकारी नभएको पनि स्पष्ट सन्देश दिएको छ। यस अवस्थामा परम्परागत मतदाता शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। आसन्न मङ्सिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बदर मतको आँकडा न्यून गर्ने चुनौती छ। त्यस चुनौतीको सामना गर्न परम्परागत मतदाता शिक्षा प्रणालीमा परिवर्तन गर्नु अति महत्त्वपूर्ण छ। यो कुरालाई राजनीतिक पार्टी, निर्वाचन आयोग र सम्बद्ध निकायले समयमै मनन गर्नु वाञ्छनीय थियो।
बागमती संरक्षणमा चासो
मानव जीवनको आधारभूत आवश्यकता भनेको जलको सहज तथा नियमित आपूर्ति हो । खाद्यान्न उत्पादनको हेतु भूमि सिँचनका लागि जल उपलब्ध हुनेलगायत जल यातायातको सहजताजस्ता विविध कारणले नदी किनारामा मानव सभ्यताको प्रारम्भ भएको पाइन्छ । नदी सभ्यताको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । यसै कारणले ठूला ठूला सहर नदी किनारमा बसेको पाइन्छ । काठमाडौँ उपत्यका पनि बागमती नदी सभ्यताकै देन हो । यस अर्थमा बाग
दूतावासको महँगो सेवा
आधुनिक विश्वमा विभिन्न मुलुकबीच आपसी सम्बन्धलाई संस्थागत बनाउने अनेक आयाम अगाडि बढाइएको हुन्छ। यस्ता संस्थागत संरचना अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका महत्वपूर्ण कडी हुन्। एकअर्का मुलुकमा आवतजावत गर्न प्रवेशाज्ञाका सहज बनाउन अनेक विधि र प्रक्रिया अवलम्बन गरिएको हुन्छ। दूतावासको अवधारणाले यस्ता प्रक्रियालाई सहजीकरण गर्छ। यी संस्थागत संरचना र प्रक्रिया अन्तर्राष्ट्रिय कूटनीतिअन्तर्गत अनेक महासन्धि तथा अभिसन्धिको
एक युगको अन्त्य
मानिस जन्मेपछि निश्चित रूपमा ढिलो चाँडो मृत्युवरण गर्नै पर्छ। यो प्राकृतिक नियम नै हो। मानिसले आफ्नो मुलुक, समाज र नागरिकका लागि योगदान पु-याउने, गुण लगाउने महत्वपूर्ण कार्य गरेको छ भने उसैको जीवनलाई सफल मान्न सकिन्छ। त्यस्ता व्यक्तित्व चिरकालपर्यन्त स्मरणयोग्य हुन्छन्। २०७९ साल असोज ३० गते आइतबार निधन हुनुभएका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी त्यस्तै मूर्धन्य व्यक्तिको कोटीमा पर्नुहुन्छ। उहाँको निधनले राष्ट्रले युगपुरुष गुमाएको छ।
पहाडलाई बनाऊँ भरिलो
बसाइँसराइ संसारभरकै प्रवृत्ति हो। अझ आन्तरिक बसाइँसराइ नेपालजस्ता विकासोन्मुख राष्ट्रका निम्ति प्रमुख समस्याका रूपमा रहँदै आएको छ। विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न उपलब्धताजस्ता अन्य न्यूनतम सुविधाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रबाट सुविधासम्पन्न सहरी क्षेत्रमा बसाइँसराइ तीव्र गतिले वृद्धि भइरहेको तीतो यथार्थ हामीसँग रहेको छ। यसका अनेक उदाहरण छन्। प्रदेश १ को धनकुटा जिल्लाको बसाइँसराइलाई प्रतिनिधिमूलक तथ्याङ्कका रूपमा लिइँदा यस जिल्लाबाट तुलनात्मक रूपमा सुविधासम्पन्न निकटवर्ती तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरीका अतिरिक्त सङ्घीय राजधानी काठमाडौँतर्फ बसाइँ सर्नेहरूको बढोत्तरी हुँदै गएको पाइन्छ।
पर्यटकीय नगरीमा खेल महामहोत्सव
लामो प्रतीक्षापछि पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुदको नवौंँ संस्करणको औपचारिक उद्घाटन भएको छ । यो राष्ट्रका निम्ति असाध्य महत्त्वपूर्ण उत्सव हो । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उद्घाटन गर्नुभएको राष्ट्रिय महत्त्वको खेलकुदको नवौंँ संस्करण दुई वर्ष ढिला भएको हो । यसअघि वि.सं. २०७७ मा पोखरामा नै आयोजना गर्ने तय गरिए पनि कोरोनाका कारण त्यतिबेला हुन सकेन । पछि स्थानीय निर्वाचन आदिका कारण थुप्रै पटक सारिएपछि बल्ल शुक्रबार जुरेको हो । औपचारिक उद्घाटनसँगै खेलाडीको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अभिलाषा पनि पूर्ण भएको छ । त्यसो त औपचारिक उद्घाटन हुनु केही दिनअघि नै पोखरामा विभिन्न खेलका प्रतियोगिता तथा पदकको छिनोफानोसमेत भइसकेको छ । यसले खेलाडी र खेलप्रेमीमा नयाँ उत्साह छाइसकेको छ ।
उपत्यकामा स्वच्छ पानी
नेपाली राजनीतिमा सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईले काठमाडौँको पानी अभाव समाधान गर्न सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची खोलाको पानी ल्याएर समाधान गर्ने सपना देख्नुभएको थियो। यसै अवधारणा अनुरूप झन्डै तीन दशक अघिदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउन विभिन्न तयारी गरिए पनि समयमा काम हुन सकेन। नेपालका निम्ति ठूलो परियोजनाका रूपमा रहेको यो खानेपानी परियोजना असाध्यै ढिला भयो। ढिलासँगै निर्माणकै अन्तिम
स्वदेशमा लगानी आह्वान
विश्वका विभिन्न भागमा रोजगारी, अध्ययनका साथै उच्च जीवनस्तरको अभिलाषा तथा अन्य अवसर प्राप्तिका निम्ति एक देशका बासिन्दा अर्को देशमा बसाइँसराइ गर्ने परम्परा लामो छ। विश्वव्यापीकरणको प्रभावले विगत केही दशकयता त यो प्रवृत्ति निकै फस्टाएको छ। अन्तर्राष्ट्रिय आप्रवासनको यस कडीमा नेपाली समुदाय अछुतो छैन। विश्वको थुप्रै मुलुकमा अवसर प्राप्तिका लागि नेपाली पुगेका छन्। यिनै प्रवासी नेपालीको सङ्गठित संस्थाका रूपमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले छरिएका नेपालीलाई एकै छातामुनि आबद्ध गरेर मातृभूमिप्रतिको दायित्वलाई झकझकाउने प्रयास गरिरहेको छ। यसमा केही सफलतासमेत प्राप्त हुँदै गएको छ।