युवतीमा हरियो चुरा र मेहदीको बढ्दो फेसन
हरियो चुरा र मेहदी लगाउने संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहदी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहदी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ। हरियो चुरा र मेहदीको बढ्दो फेसनले हिजोआज विशेष गरी कम उमेर समूहका महिलालाई पनि ह्वात्तै समेटेको छ। हरेक प्रकारको फेसनमा लगाउन मिल्ने भएकाले पनि कम उमेरका महिलाहरू साउन महिनाको संस्कृति हरियो चुरा र मेहदीमा आकर्षित भएका हुन्।
खीर खाने परम्परा खुसियालीको प्रतीक
हरेक वर्ष साउन १५ गते खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ। आइतबार साउन १५, घर–घरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरू बताउनुहुन्छ।
अयोध्यामा नेपालमै निर्मित धनुष
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थ क्षेत्र सहमत भएको छ। अयोध्या भ्रमणमा रहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले सहमति जनाएको निधिको सचिवालयले जनाएको छ। रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएको पनि निधिको सचिवालयले जनाएको छ।
एक महिने गुँला पर्व आजबाट सुरु
काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
उपत्यकामा बाजाले गुञ्जायमान हुने पर्व
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ। नेपाल संवत्अनुसार दसौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा.चुण्डा बज्राचार्यले जानकारी दिनुभयो।
संस्कार–संस्कृतिको प्रतिक नाटक ‘खुवालुङ’ (फोटो फिचर)
खुवाको अर्थ नदीको पानी हो भने लुङको अर्थ ढुंगा। दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी जलसायमा अवस्थित विशाल ढुंगालाई मुन्दुम मान्यता र विश्वासमा राख्ने गरिन्छ।
परम्परागत भकारी राख्ने चलन हराउँदै
तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।
काठमाडाैंमा आज भूत भगाउने दिन: गठेमंगल
काठमाडौं उपत्यकाका नेवाः समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गर्छन् । गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । यो समुदायले मङ्गलबारको दिन घर सफा गरेर भूत फाल्ने गर्छन् ।
शान्तिको कामना गर्ने पर्व घण्टाकर्ण
नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।
राक्षसलाई धपाउने चलन गठामुगः (फोटो फिचर)
भक्तपुर, साउन १० गते । नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।
गीत प्रतियोगितामा मुनचुन पुरस्कृत
मधुश्रावणी पर्वको अवसरमा आयोजित मैथिली गीत प्रतियोगीतामा मैथिल भाषाकी गायिका मुनचुन देब झा ‘प्रिया’ पुरस्कृत हुनुभएको छ । प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट यस वर्ष तिरहुत गाउँपालिका –१ की प्रिया पुरस्कृत हुनुभएको हो ।
लोप हुँदै मादलको ताल
१५ वर्षको उमेरदेखि मादल बजाउँदै आउनुभएकी मादल वादक डङ्गोलका अनुसार देशको राष्ट्रिय बाजा भए पनि मादलले आफ्नो स्थान भने पाएको छैन।
बीपी उच्च राजनीतिक चिन्तक र उत्कृष्ट स्रष्टा : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारी उत्तरगयामा
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गर्नुभएको छ । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उहाँले जानकारी लिनुभएको हो ।
नेवार जातिको मौलिक चित्रकला ‘पौभा’
‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।
लोप हुने अवस्थामा ‘दौउडा’
उत्तरी हुम्लाका लामा समुदायबाहेक अन्य जातिका अविवाहित युवतीले लगाउने दौउडा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो पुस्ताका युवती सबै आधुनिक कुर्ता सलवार लगाउने र दौउडा कसैले नलगाउने भएपछि यो पोसाक लोप हुने अवस्थामा पुगेको हो ।
टिकटकमा व्यस्त व्रतालु
साउनको पहिलो सोमबार रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको बिहानैदेखि हरेक शिवालयमा घुइँचो लागेको थियो । पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रूपमा लिइने तथा पार्वतीले महिनाभर निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्त्वका रूपमा लिने गर्छन् ।
पानी माग्दै जनप्रतिनिधिलाई बन्दी बनाएर थारु महिलाले गैया बेह्रे
बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा ‘गैया बेह्रने’ प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।
नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व सुरु
मिथिलाञ्चल क्षेत्रका नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्व सोमबारदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता महिलाहरुले मनाउने गर्छन् ।
जेनतेन धानिँदै लुतो फाल्ने संस्कृति
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घरघरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै चिच्याउँदै’ ८१ वर्षीय तुलसीराम विष्ट साउने सङ्क्रान्तिका दिन लुतो फालेको सम्झिनुहुन्छ ।
साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि
भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ । उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाउनुभएको छ । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।
मगर समुदायले मनाए साउने सकराई (फोटो फिचर)
मगर समुदायले साउने सकराई र उधेलि पर्व मनाएका छन् । अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ७ वटा संघ सस्थाको आयोजनामा काठमाडौंको थानकोटको त्रिभुवन पार्कमा आइतबार साउने सकराती पर्व मनाएका हुन् ।
किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा
काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।
सङ्घीयता अनुकूल सांस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सङ्घीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।