तमू ल्होसारकाे तयारी पूरा
तमू ल्होसार “तो ल्हो” (बाघ वर्ग) को बिदाइ तथा “हि ल्हो” (बिरालो वर्ग) को स्वागत गरेर मनाउने तमू ल्होसारको तयारी पूरा भएको छ ।
सुदूरपश्चिममा भुवा पर्वको रौनक
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ।
बाजुरामा भुवा पर्वको रौनक सुरु
ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् ।
धनुषाधामका सरोवरको सरसफाइ : बन्यो चिटिक्क
धनुषाको धार्मिक पर्यटक स्थल धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर सरसफाइ गरेपछि चिटिक्क भएको हो । धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।
सुन्दर अष्टचैत्य
सिन्धुपाल्चोकको पेमाछल उद्यान केन्द्र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित नागीथामडाँडामा अवस्थित अष्टचैत्य ।
थारु सङ्ग्रहालय महोत्तरीकाे भंगहामा बन्ने
भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
बागेश्वरी मन्दिर, बागेश्वरी देवघाट
चितवनको भरतपुरबाट देवघाट जाँदा वा देवघाट प्रवेश गरेपछि दाहिने तर्फ जङ्गलमा अवस्थित रहेको छ बागेश्वरी मन्दिर । यो मन्दिर भरतपुर महानगरपालिका – १ बागेश्वरी देवघाटमा रहेको छ।
काठमाडौं महानगर दिवस (फोटो फिचर)
सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनु भएको छ।
आदिवासी ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि छलफल
आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।
सैनामैनामा मलमला मन्दिरमा धार्मिक पर्यटक वृद्धि
रुपन्देहीकाे सैनामैना नगरपालिका –६ चुरे पहाडको काखमा रहेको मलमला मन्दिर एकीकृत सामुदायिक विकास नामक संस्था गठन भएपछि विकासको गतिमा अघि बढेको छ ।
गाईको आहार व्यवस्थापनका लागि सहयोग
रेसुङ्गा गौशालामा रहेका गाईको आहार व्यवस्थापनका लागि घाँससहितका विभिन्न सामग्री सहयोग गरिएको छ ।
टुँडिखेलमा चण्डी नाच (फोटो फिचर)
सुनुवार जातिले काठमाडौंको टुँडिखेलमा चण्डी नाच नाचेका छन् ।
ऐतिहासिक अशोक स्तम्भ (फोटो फिचर)
अशोक सम्राट् उपगुप्ताको अगुवाइमा सर्वप्रथम चार स्थलको यात्रा गर्ने सिलसिलामा सम्राट्को पहिलो यात्रा लुम्बिनीबाट सुरुवात भएको स्पष्ट दिव्यावदान साहित्यमा उल्लेख गरिएको छ ।
विवाहमा बज्ने दमाहा र जामा लोप हुँदै
मङसिर महिना सुरु हुनेवित्तिकै बाजुराको जताततै गाउँतिर गुञ्जिने दमाहा बाजा लोप हुँदैगएको छ । विवाहको समय बज्ने त्यो दमाहा बाजाले मङसिर महिनामा रौनकता छाएको हुन्थ्यो । केही वर्ष यता गाउँमा विवाहको बेला बजाइने दमाहा बाजा बज्न छोडेको छ ।
साकेला पार्कमा वावु पोखरी उदघाटन
धरान १७ स्थित साकेला सांस्कृतिक पार्कमा उधौली पर्वको अवसरमा नवनिर्मित वाबु पोखरी उदघाटन गरिएको छ । किरात राई समुदायको सांस्कृतिक सामग्री बाबुको आधारमा करिब ५५ फुट लम्बाइ र आरसीसी ढलानसहितको बाबु पोखरीको बिहीबार सुनसरी क्षेत्र नं. १ का नवनिर्वाचित संघीय सांसद अशोककुमार राईले उदघाटन गर्नुभयो ।
चासोक तङ्नाम धुमधामसँग मनाइयो
ताप्लेजुङसहित पूर्व अर्थात प्रदेश १ अन्तर्गतका जिल्लामा बिहीबार चासोक तङ्नाम (न्वागी पर्व) धुमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रुपमा यो पर्व मनाएका हुन् ।
तस्बिरमा उधौलीको उल्लास
काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ।
हर्ष उल्लासका साथ मनाइयो उधौली
बिहीबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ।
बेनी बजारमा पुराना धर्म चौतारी मर्मत अभियान
बेनी बजारमा रहेका वर्षौँ पुराना चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका ७ को बजार क्षेत्रभित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत सम्भार गरेर चिटिक्क पारिएको हो । पुराना चौतारीको संरक्षण अभियानमा वडा कार्यालय जुटेको छ ।
कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।
वसन्तपुरमा १९ औँ राष्ट्रिय ज्यापू दिवस (फोटो फिचर)
काठमाडौँको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा १९ औँ राष्ट्रिय ज्यापू दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने य:मरी
नेवा: समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने विशेष पर्व हो, ‘य:मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा। नेवा: समुदायमा वर्षमा विभिन्न १२ वटा पुन्ही मनाउने चलन छ।
के हो चासोक तङ्नाम ?
लिम्बू समुदायले महान् चाडको रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ ।
राष्ट्रिय ज्यापू दिवसमा सांस्कृतिक कार्यक्रम हुने
बिहीबार हुने १९ औँ राष्ट्रिय ज्यापू दिवसको मूल समारोहका सबै तयारी पूरा ज्यापू संस्कृति विकास कोषले जानकारी दिएको छ ।