प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुभएको छ।
उपत्यकासहित तराईंमा छठ पूजा (फोटो फिचर)
साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका छन् ।
डा. आरजु देउवाद्वारा जनकपुरधाममा छठ पूजा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ।
राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ।
ललितपुरको कुपण्डोलमा छठपूजा (फोटो फिचर)
उपत्यकामा कुपण्डोलबाहेक कमलपोखरी, गौरीघाट, मनोहरा, टेकु लागायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।
सूर्यको उपासनासँग जोडिएको छठपर्वको उल्लास (फोटो फिचर)
कात्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ सुरु भएको मानिन्छ । दशैं र तिहारपछि मनाइने छठपर्व सूर्यको उपासना गरी मनाउने परम्परा रहेको छ । बिहानै उठेर सरसफाइ गरी, चोखो पानीले नुहाइ सफा कपडा लगाएर पूजागरी शुद्ध भोजन गर्छन् । छठ नेपाल र भारतका उत्तरीय क्षेत्रका हिन्दूहरूले मनाउने विशेष पर्व हो ।
‘चासोक तङ्नाम’ सुरु
पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन्। नयाँ धान कोदो पाक्न थालेसँगै लिम्बू जातिको घर-घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ।
सूर्यदेवको आराधना गरी मनाइँदै छठ
छठपर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
बुद्धकालीन रामग्राम वा कोलियनगर (संक्षेप जानकारी)
लुम्बिनी प्रदेशको नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ झरुवा नदीको किनारमा रहेको बुद्धकालीन रामग्राम स्तुपाको महत्त्व ठूलो रहेको छ । यस स्तुपामा भगवान् बुद्धको अस्थिधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो ।
मिथिलाञ्चलमा छठको तयारी पूरा
मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ ।
राजधानीमा पनि लोकप्रिय बन्दै छठ
सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ ।
छठपर्वकाे रौनक सुरु (फोटो फिचर)
आइतबार मनाइने छठपर्वका लागि एक साता अघिदेखि नै तयारी सुरु भएको छ । देशैभरका विभिन्न नदिका किनार तथा छठ पर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामाग्रीहरूको किनमेल गर्न थालेको पाइएको छ ।
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आज (शनिबार)देखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ ।
छठपर्वका लागि सामग्री खरिदबिक्री गरिँदै (फोटो फिचर)
आइतबार मनाइने छठपर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवश्यक सामग्री खरिदबिक्री गर्दै स्थानीयबासी ।
प्युठानमा शुरु भयो सराएँ नाँच
तिहारको भोलिपल्ट अर्थात् आज जिल्लाकै ठूलो सराएँ मेला लागेको छ ।
नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा जोशीको योगदान अमूल्य : प्रधानमन्त्री देउवा
शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्व
जनकपुरमा छठको तयारी पूरा
जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा आज (शुक्रबार) देखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेशको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ ।
गौरीघाटमा छठको तयारी अन्तिम चरणमा (फोटो फिचर)
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।
मयुर नाच संरक्षणमा तीन पुस्ता
मयुर नाचमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा मयुर नाच संरक्षणका लागि १६ सदस्यीय टोली समेत तयार पारेर संरक्षणमा जुटेको हो ।
चार दिवसीय छठको मुख्य विधि शुरु
श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् ।
सकियो उज्यालो पर्व तिहार, छठको रौनक सुरु
यसपालिको उज्यालो पर्व तिहार सकिएको छ । हिजो (बिहीबार) भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाएका थिए ।
छठपर्व विधिवत् रुपमा सुरु, आज ‘नहाय–खाय’
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
दैलेखमा खेलिने विशेष सांस्कृतिक पर्व भोसी
दैलेखका केही ग्रामीण क्षेत्रमा भैलो मात्र हैन भोसी अर्थात भास्सी खेल्ने चलन छ । एक बिशेष संस्कृति भोसी खेल्ने परम्परा अझै पनि कायम छ । करिब लोपको अवस्थामा पुगेको यो संस्कृति जोगाउन अहिले युवाहरु सक्रिय भएका छन् ।
सञ्चारमन्त्री कार्कीबाट भाइटीका ग्रहण
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गर्नुभएको हो । सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो ।