• १३ साउन २०८१, आइतबार

डा. आरजु देउवाद्वारा जनकपुरधाममा छठ पूजा

blog

जनकपुरधामस्थित गंगा सागरमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेर पूजा गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा ।

काठमाडौं, कात्तिक १३ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ। 

जनकपुरधामस्थित गङ्गासागर पोखरीमा आयोजित छठ पूजा कार्यक्रममा देउवाले आज दिउँसो ४ बजे अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको हो। सो अवसरमा उहाँले छठ पूजासमेत गर्नुभयो। जनकपुरधामलाई छठ पर्वका लागि प्रसिद्ध धार्मिकस्थल मानिन्छ। 

देउवाले सोमबार बिहान पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराइनस्थित पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्यदान गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक आशा थपलियाले जानकारी दिनुभयो। 

उहाँले भोलि नै धनुषाको नगराइन नगरपालिकाअन्तर्गतको नेपाल-भारत सीमा जटहीस्थित सीमा नाका पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक थपलियाले बताउनुभयो।