• ९ वैशाख २०८३, बुधबार

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

blog

नेपाली कांग्रेसका सभापति गगन थापा । फाइल तस्बिर

मोरङ, वैशाख ९  गते ।  नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीसँग संवादमा रहेको बताउनुभयो ।

अध्यक्ष थापाले नेपाली कांग्रेस सङ्घीय संसद्‌मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताउनुभयो । रासस