आज १३८ औँ फाल्गुनन्द दिवस, प्रदेश १ मा सार्वजनिक बिदा
कात्तिक २५ गते नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८ औँ जन्म जयन्ती हो । प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।
रोजगारी दिनेलाई मतदान : डोम समुदाय
सप्तरीको तिलाठी कोइलाडी वडा – ८ का गीता मरिकले आफूहरूले गर्दैआएको रोजगारी र श्रमको मूल्य बढाइदिने नेतालाई भोट दिने बताउनुभयो । सप्तरीमा डोम समुदायले सरसफाइ लगायत बाँसको ढकी, पङ्खा, कोनिया बनाएर विक्री गरेर आयआर्जन गरी परिवार चलाउँछन् ।
भूत प्रेत भगाउन लट्ठी नाच
रुकुम पश्चिमको प्रसिद्ध धार्मिकस्थल डिग्रे साईँकुमारी मन्दिर परिसरमा लाग्ने पाँच दिने ऐतिहासिक धार्मिक मेला सम्पन्न भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म परम्परागत रूपमा लाग्दैआएको मेला सम्पन्न भएको हो । मेलामा भूत प्रेत भगाउन लठ्ठी नाच प्रदर्शन गरिएको छ ।
सकिमना पुन्ही : अन्नमार्फत बनाइने दुर्लभ कलाकारिता
नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछ। यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।
कात्तिक नाचको अन्तिम दिन : 'दधी लीला' नाच हुने
काठमाडौं, कात्तिक २२ गते । आज कात्तिक नाचको दशौं दिन अर्थात् अन्तिम दिन ‘दधी लीला’ नाच प्रदर्शन हुँदैछ । कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष एंवम कलाकार किरण चित्रकारका अनुसार आजको नाच कृष्णलीलासँग सम्बन्धित नाच हो । भगवान् कृष्णको गोपिनीहरूसँगका रासलीलालाई नाचमार्फत आज प्रस्तुत गरिनेछ । यस्तो छ नाचको कथा : आजको 'दधी लीला' नाच कृष्णलीला अर्थात् भगवान् श्री कृष्णको बाल्यकालमा आधारित रहेको छ । बाल्यकालमा भगवान् कृष्णको गापिनीहरुसँग बिताएका रमाईला र अविस्मरणीय पलहरू आजको कात्तिक नाचमा देख्न सकिन्छ । गोपिनीहरू जमुना पारी जाने क्रममा कृष्ण डुङ्गा लिएर नदी छेउ बसेका हुन्छन् । त्यसैले गोपिनीहरूले भगवान् कृष्णसँग नदी पार गर्दिन आग्रह गर्छन् । यसपछि कृष्णले पनि नदी पार गराएपछि आफूलाई ज्याला चाहिने माग गर्छन् । यसरी गोपिनीहरूले फर्किने क्रममा भगवान् कृष्णलाई दही दिने प्रतिबद्धता जनाउँछन् । यसरी नदी पार गरेर गएका गापिनीहरुले फर्केपछि भने कृष्णलाई दही दिन मान्दैनन् । यसपछि बोलेका कुरा पुरा नगरेपछि कृष्णले रिसाएर गोपिनीको दहीको भाँडा फुटाइदिन्छन् । गोपिनीहरू पनि रिसाएर कृष्णलाई घेरेर यातना दिन सुरु गर्छन् । आजको 'दधी लीला' नाच सोही कथामा घुमेको छ । १३ जना कलाकारको उपस्थितिमा देखाइने आजको 'दधी लीला' नाच हरेक दिन जस्तै आज पनि साँझ ७ बजे पाटनस्थित कात्तिक डबलीमा प्रदर्शनी हुनेछ । ३८२ वर्ष पुरानो यस नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालनमा ल्याउनुभएको थियो । राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणको लागि उहाँका गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास रहेको कोषाध्यक्ष शाक्य बताउनुहुन्छ । पाँच दिनबाट सुरु भएको यो नाच पछि गएर राजा सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्लले यस नाचमा ‘बाँथ प्वाँख’ अर्थात् ७ दिनको लोक नाटक थपेर १२ दिनसम्म सञ्चालन रहने व्यवस्था गर्नुभएको थियो । यसपछि श्री निवास मल्लका छोरा योग नरेन्द्र मलले थप १५ दिन अर्थात् उषाहरण लीला र माधवनर लीला नाच थपेर तिहारको तीन दिन बाहेक कात्तिक महिनाभरि २७ दिन सञ्चालन गर्नुभएको थियो । यसरी, कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको संस्कृतिविदहरु बताउनुहुन्छ ।
आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै
कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् आज (मङ्गलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हिरण्यकशिपुको वध हेर्न रातभर जाग्राम
मल्लकालीन सांस्कृतिक उत्सव ‘कात्तिक नाच’को आठौँ दिन आइतबार राति नरसिंह अवतार नृत्य हेर्न पाटनको मङ्गलबजारमा ठूलो भीड उर्लियो। जति रात ढल्किँदै गयो, त्यति नै कात्तिक नाच हुने ठाउँ मङ्गलबजारको चहलपहल बढ्न थाल्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेउको डबली वरपर थामिनसक्नु भीड थियो। यसको कारण थियो– ऐतिहासिक कात्तिक नाचअन्तर्गत मध्यरातसम्म देखाइने नरसिंह अवतारको हिरण्यकशिपु वध।
कात्तिक नाचको वस्त्रहरण लीला साेमबार राति प्रदर्शन हुँदै
रिसमा होश गुमाएकी राधाले कृष्णलाई आफ्नो लुगाा लुकाएकोमा गाली गर्नुहुन्छ । तर जवाफमा कृष्णले यसरी बिना वस्त्र नुहाउन लाज नलागेको भन्दै जवाफ फर्काउनुहुन्छ ।
नरसिंह अवतार ‘हिरण्यकश्यप वध’(फोटोफिचर)
हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक नाच डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अशं नरसिंह अवतार सकिएको छ ।
वैकुण्ठ चतुर्दशी पशुपतिमा महास्नान
मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान सोमबार हुने भएको छ। मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ। यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने यो पल्टको पालो मकै सुब्बाका सन्तति बत्तीसपुतली निवासी राजेश्वर जोशीको परेको छ।
चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट
कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
सामाचकेवा पर्व भोलि विसर्जन गरिँदै
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा मनाइने सामाचकेवा पर्व अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिममा बडाल जाँतको रौनक
सुदूरपश्चिमका पहाडी जिल्लामा आजभोलि धार्मिक शक्तिपिठको पूजाआजा गरिने जाँत मेलाको रौनक छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले यहाँका गाउँघरमा रौनक छाएको हो ।
मल्लकालदेखि चलेको कात्तिक नाच आर्थिक सङ्कटमा
कात्तिक नाचमा कलाकारको संलग्नता नाचका कथावस्तु अनुसार हुने गर्छ। तर, एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ। अहिले २७ दिनसम्म नाच सञ्चालन गर्न आर्थिक समस्या रहेको छ।
देउसीभैलो खेलेर सय जनाको स्वास्थ्य बीमा
तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सय जनाको स्वास्थ्य बीमा गरिनेभएको छ । सुनकोशी गाउँपालिका –१ बलखु आम्बोटका सय जनाको स्वास्थ्य बीमा गरिनेभएको हो ।
रातो कपडाले सजाइएका घटाल देवता
कञ्चनपुर जिल्लाको बैतोड वडा नं ४ मा अवस्थित घटाल देवताको मन्दिर। यो मन्दिर महेन्द्रनगरबाट करिब १० किमीको दूरीमा छ। सडकको दाहिनेतर्फ उच्च भागको हरियालीमा रहेको छ।
बहुउपयोगी तुलसी
आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।
वातावरण अनुकूलन विकास आवश्यक : राष्ट्रपति भण्डारी (फोटो फिचरसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण सुहाउँदो प्रकारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । हिमालपारिको जिल्ला मुस्ताङको हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
चिच्याएर वर माग्ने मेला सुरु
पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला आज शुक्रबारदेखि सुरु भएको छ । पाल्पाको तिनाउ –४, सत्यवती ताल क्षेत्रमा चिच्याएर ‘वर’ माग्ने मेला सुरु भएको हो ।
शान्ति अहिंसाको कामना गर्दै मौन व्रत
शान्ति हिंसा विरुद्ध सन्देश दिने उद्देश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरूले मौन व्रत बसेका छन् ।
बलम्बु महालक्ष्मी जात्रा सुरु
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।
ग्रामीण क्षेत्रमा भीर महको सिजन सुरु
लमजुङको ग्रामीण भेगमा भीर महको सिजन सुरु भएको छ । विशेषतः पर्यटकीय गाउँमा भीर मह काढ्ने गरिन्छ । गाउँपिच्छे फरक फरक भीरमा मह काढने चलन छ ।
थारु समुदायमा समाचकेवा पर्व मनाइँदै
मध्य तराईका थारु तथा मधेसी समुदायका गाउँघरमा समाचकेवा पर्व सुरु भएको छ । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समाचकेवाको रौनक अहिले तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लामा छाएको छ ।
शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग
शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ ।