• १३ साउन २०८१, आइतबार

हाम्रा सम्पदा

रातो कपडाले सजाइएका घटाल देवता

blog

गाेरखापत्र अनलाइन

कञ्चनपुर, कात्तिक १९ गते । कञ्चनपुर जिल्लाको बैतोड वडा नंं. ४ मा अवस्थित घटाल देवताको मन्दिर। यो मन्दिर महेन्द्रनगरबाट करिब १० किलोमिटरको दूरीमा छ। सडकको दाहिनेतर्फ उच्च भागको हरियालीमा छ। मन्दिर परिसर पूरै रातो कपडाले सजिएको छ।

यस मन्दिरमा खड्ग हातमा लिएर उभिएको घटालको मूर्ति छ। मूर्तिको दायाँ र बायाँ विभिन्न देव देवताका मूर्ति छन् । घटाल देवताको मूर्तिको तल घटको शिलासमेत छ। मन्दिरको अगाडि मल्ल राजाले हात जोडेर बसेको मूर्ति छ।

घटाल देवताको तल दाहिने र बायाँतर्फ साना पहरेदारको मूर्ति छ।