• १६ भदौ २०८१, आइतबार

हाम्रो सम्पदा

पनौतीको सङ्कटा मन्दिर

blog

पनौती, भदौ १५ गते । काभ्रेपलान्चोकको पनौती नगरपालिका-७ मा अवस्थित अर्थात् पनौती बजारदेखि दक्षिण लिलावती नदीको किनार वा सडकको बायाँतर्फ  अवस्थित रहेको छ।

उत्तराभिमुख भएको यस मन्दिरको भित्र रहेको मध्य भागको मूर्तिलाई सङ्कटाको मूर्ति मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्। यस सङ्कटाको मूर्तिको दायाँ र बायाँ अन्य विभिन्न देव देवताहरूको मूर्तिहरू समेत रहेको छ। यस मन्दिरमा फागुन पूर्णिमाका दिन मेला समेत लाग्ने गर्दछ। यो मन्दिर पनौतीको प्रख्यात एवं प्राचीन मन्दिर इन्द्रेश्वर मन्दिरको केही दूरीमा खेतमा रहेको छ भने सङ्कटा मन्दिरको पूर्वमा भीमसेन स्थान र यलाच्छे टोलमा गुह्येश्वरीको मन्दिर रहेको छ।

सङ्कटादेवीको उत्पत्तिको सम्बन्धमा स्वस्थानी व्रतकथा अनुसार यस शक्तिपिठमा सतीदेवीको शिर पतन भएको ठाउँ भनेर पनि मानिएको छ। यस देवीको पूजा अर्चना गर्नाले बाक्सध्दी हुने वर्णन समेत गरिएको छ।