• १ साउन २०८१, मङ्गलबार

लिच्छविकालीन ढुङ्गेधारा

blog

काठमाडौँको शंखरापुरस्थित बज्रयोगिनी मन्दिर पछाडि मध्य भागमा रहेको कलात्मक शैलीको ढुङ्गेधारा । तस्बिर :

बज्रयोगिनी (साँखु), असार २९ गते । काठमाडौँको शंखरापुर नगरपालिका–८ मा अवस्थित बज्रयोगिनी मन्दिरको पछाडि र दरबारको मध्य भागमा कलात्मक शैलीको ढुङ्गेधारा रहेको छ । गरुडसहित लिच्छविकालीन ढुङ्गेधारामा रहेका मूर्तिकला पनि लिच्छविकालिन समयकै हुन् ।

ढुङ्गेधारामा सिंहले मकरलाई खाइरहेको, त्यसपछि मकरले न्याउरीमुसो जस्तै पानीमा बस्ने जिवलाई निलिरहेको आकृतियुक्त प्रस्तर मूर्तिहरू रहेका छन् । त्यस्तै, चौथो शताब्दीको मानिने भगीरथले शङ्ख फुकिरहेको मूर्ति पनि यही ढुङ्गेधारामा रहेको छ ।

हाल एउटा मात्र ढुङ्गेधारा रहेको यहाँको संरचना हेर्दा सम्भवतः तीन वटा ढुङ्गेधारा रहेको हुनुपर्दछ । यस ढुङ्गेधारामा प्रयोग गरिएका इट्टासमेत लिच्छविकालिन समयकै रहेको छ ।