बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रख्यात मातङ्गी दुर्गा देवीको मन्दिर । यही मन्दिरको नामबाट यस टोलको नाम मातड. गी टोल रहन गएको हो । यो देवीको मन्दिर गुलरिया बजारको प्रमुख सडक किनार अर्थात् प्रमुख सडकको बायाँतर्फ रहेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ डगोहरामा अवस्थित विश्वकर्मा मन्दिर । यस मन्दिरको गर्भ गृहको मध्य भागमा विश्वकर्मा भगवान्को मूर्ति र दाँया र बायाँ शिव, पार्वती एवम् ब्रह्मा भगवान्को मूर्ति रहेको छ।
नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी चक्रघाटमा अवस्थित निकै नै आकर्षक शिखर खजुराज शैलीको हनुमान मन्दिर। यो मन्दिर नारायणगढबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब ८ किलो मिटरको दुरीमा राजमार्गको बायाँतर्फ रहेको छ।
जुद्ध सडकबाट दाहिनेतर्फ रहेको शिखर शैलीमा बनेको यो मन्दिरमा हरेक दिन भक्तजनको भीड लाग्ने गरेको छ ।
काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि अर्थात् गौशालाबाट चाबहिलतिर जाँदा सडकको बायाँतर्फ जय बागेश्वरीको प्रसिद्ध मन्दिर छ। त्यही मन्दिरको उत्तरतर्फ रहेको लुँहिटी नामको ढुङ्गेधाराको दायाँपट्टि सडकको किनारैमा प्रस्तर निर्मित लघु आकारको शिखर शैलीको धन्वन्तरिको मन्दिर छ।
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ८ मा रहेको प्राचीन मन्दिर बज्रयोगिनी मन्दिर गुफै गुफाले भरिएको छ । यस क्षेत्रमा नौ वटा गुफा रहेका छन् ढुङ्गेयुगका यी गुफाहरूमा विभिन्न भगवानका मूर्तिहरू समेत रहेका छन्।
नवलपुर जिल्ला अर्थात् नेपालकै प्रख्यात शक्ति प्रबल मौला कालिका मन्दिर । यो भगवतीको मन्दिर नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणी पुलबाट करिब ४ कि.मि. को दुरीमा प्राकृतिक सम्पदाले भरिपूर्ण समुन्द्र सतहदेखि १८४१ फिटको उचाइमा रहेको हरियाली पहाडको जङ्गलको गैडाकोटधुरीमा अवस्थित रहेको छ।
अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिर । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. १ मा अवस्थित थारु समुदायहरूको प्राचीन चढ.गढनिया माई मन्दिर । यो मन्दिर गोरुसिङ्गेबाट करिब आठ किलोमिटरको दुरीमा उत्तरतर्फ देवी स्थान सामुदायिक वनको मध्य भागमा अवस्थित रहेको छ ।
अर्घाखाँचीको प्रख्यात धार्मिक ठाडा दह आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ । पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक हिसाबले समेत यो दह प्रख्यात बन्दै गएको छ ।
पाल्पाको सदरमुकाम तानसेनको टुँडिखेल नजिक भीमसेन टोलमा रहेको भगवती मन्दिर भक्तजनको लागि प्रख्यात मानिन्छ । यो मन्दिर निकै नै फराकिलो क्षेत्रफलमा प्या गोडा शैलीको रहेको छ।
पाल्पाको तिनाउ गाउँपालिका वार्ड नं ३ मा अवस्थित प्रख्यात सिद्ध बाबा मन्दिर। यो मन्दिर बुटवल र पाल्पाको नदीको दोभानमा रहेको छ। बुटवलबाट पाल्पा जाँदा राजमार्गको दाहिने तर्फको उकालोमा रहेको छ। पुरातात्त्विक, धार्मिक एवं पर्यटकीय स्थलको रूपमा परिचित रहेको छ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर १० मा अवस्थित प्रख्यात बिष्णुमूर्ति मन्दिर । यो मन्दिर पनौती बजारदेखि करिब तीन किमी पूर्व मैल बोट, खोपासी भन्ने स्थानको सडकको दायाँतर्फ रहेको छ।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० गोबरियामा अवस्थित पुरानो निङ्गलाशैनी भगवतीको मन्दिर एक ऐतिहासिक महत्वको रूपमा चिनिन्छ । यस क्षेत्रको पुरानो मन्दिर मध्येमा पर्ने यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १३ भंगालमा अवस्थित प्राचीन रुद्रेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।