काठमाडौं शहरको तिहारको झिलिमिली ।
काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि अर्थात् गौशालाबाट चाबहिलतिर जाँदा सडकको बायाँतर्फ जय बागेश्वरीको प्रसिद्ध मन्दिर रहेको छ। त्यही मन्दिरको उत्तरतर्फ रहेको लुँहिटी नामको ढुङ्गेधाराको दायाँपट्टि सडकको किनारैमा प्रस्तर निर्मित लघु आकारको शिखर शैलीको धन्वन्तरिको मन्दिर रहेको छ।
ललितपुरको थसिखेल– ५ मा अवस्थित महालक्ष्मीस्थान मन्दिर प्यागोडा र कलात्मक शैलीले निर्माण भएको छ । भक्तजनहरूको भीड लाग्ने यो मन्दिर जानको लागि पाटन अस्पताल नजिककै एउटै बाटो दाहिने तर्फ गएको छ ।
बर्दियाको गुलरिया नगरपालिका ७ मा अवस्थित प्रख्यात बगलामुखी मन्दिर । यस बगलामुखी देवी एक दुर्गा मातामा समर्पित रहेको छ।
जतिबेला दशैंबाहेक अन्य समय कतै पनि पिङ देखिँदैन थिए। आज व्यवसायिक रुपमा विभिन्न ठाउँमा सधैभर पैसा तिरेर पिङ खेल्न पाइन्छ। तर, ती पिङमा दशैंसँगको कुनै साइनो छैन।
कपिलवस्तु, असोज १५ गते । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि दक्षिण पश्चिमको चार किलोमिटर र कुदान अर्थात् निग्रोधरामबाट दुई किलोमिटर पश्चिम गोटिहवा गाउँको खुला र हरियालीको बिचमा रहेको छ अशोक स्तम्भ । जुन क्रकुच्छन्द बुद्धसँग सम्बन्धित रहेको छ ।सम्राट् अशोकको धर्मयात्रामा सर्वप्रथम सम्राट् अशोक बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आएका थिए । आफ्नो पूर्वजहरूका बारेमा बुद्धद्वारा दिर्घनिकाय महापदान सुन्तमा देशना गरेको विषयलाई सम्झँदै कपिलवस्तु क्षेत्रमा रहेको कोणागमन बुद्धसँग सम्बन्धित निग्लिहवा र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित गोटिहवामा पुगी आफ्नो श्रद्धा व्यक्त गरेका थिए ।आफ्नो सम्झना र उपस्थित जनाउन कोणागमन क्रकुच्छन्द बुद्धका बारेमा लोकले जानुन् भनी यही स्तम्भ र स्तुपा निर्माण गर्न लगाएका थिए ।गोटिहवाको अशोक स्तम्भको माथिल्लो भाग फुटेको देख्न नपाइए पनि व्होयनसांगले आफ्नो यात्राको क्रममा गोटिहवाको स्तम्भमा पनि अभिलेख देखेका थिए । यस स्तम्भ अभिलेखमा पनि निग्लिहवा स्तम्भको जस्तै भाषा रहेको अनुमान गर्न सकिन्छ ।गोटिहवाको स्तम्भको माथिल्लो भाग उपलब्ध नभई अभिलेख देख्नमा नआए तापनि दिव्यावदान साहित्यले सम्राट् अशोकको स्पष्ट उपस्थितिको बारेमा वर्णन गरेको छ । त्यसो त सम्राट् अशोकको कपिलवस्तु यात्रामा स्तम्भ र स्तुपाको निर्माण गरेको थियो भनी उल्लेख गरिएको छ ।पछिल्लो समयमा गरिएको उत्खननको क्रममा प्राप्त, मौर्यकालीन विषयवस्तुले उनको कार्यकालमा अन्य भौतिक संरचनाहरूको पनि निर्माण भएको भन्ने बुझिन्छ । निग्लिहवाको स्तम्भमा मौर्यको चित्र कुँदिएकाले अशोकपछि अन्य मौर्य राजाहरूको पनि यस क्षेत्रमा उपस्थिति भएको बुझिन्छ । यी सबै कुराले प्रस्ट के हुन्छ भने कपिलवस्तुको वास्तविक पहिचान स्थापित गर्ने कार्यमा सम्राट् अशोकको आगमन र योगदानले विशेष महत्त्व र भूमिका रहेको प्रस्ट बुझन सकिन्छ ।फाहियान कपिलवस्तु पुग्ने यात्रीमध्ये पनि एक थिए । फाहियानले आफ्नो यात्रा वर्णनका क्रममा उक्त स्थानलाई क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्माण स्थानका रूपमा चित्रण गरेका छन् । फाहियानले यस स्थानमा प्रशस्त स्तुपाहरु देखेका थिए । फाहियानले पहिचान गरेका उक्त स्थानलाई अहिले गोटिहवा भने तापनि बुद्धवंशमा भने यस स्थानलाई क्षमावती नगर भनेर उल्लेख गरिएको छ ।अर्का चिनियाँ यात्री हवेन्सांग पनि एक थिए । उनले पनि कपिलवस्तु नगरको पचास ली दक्षिण क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्वाण स्थलको रूपमा वर्णन गरेका छन्। । यात्राको क्रममा उनले त्यहाँ प्रशस्त बुद्धका अस्तुसहितका स्तुपाहरु देखेका थिए । स्तम्भको शीर्ष भागमा सिंहको मूर्तिसहित क्रकुच्छन्द बुद्धका बारेमा वर्णनहरू लेखिएको अभिलेखलाई पनि देखेका थिए ।जितारि मल्ल र रिपुमल्लले लुम्बिनीको दर्शन गरिसके पश्चात् कपिलवस्तुको गोटिहवा र निग्लिहवा आएर पूजा अर्चना गरी श्रद्धा व्यक्त गरेका थिए ।जितारि मल्लले झैँ रिपुमल्लले पनि आफ्नो उपस्थिति जनाउन अशोक स्तम्भमा ‘ओम मणि पद्मे हुँ रिपुमल्लस्प चीर जयन्तु १२३४ रिपुमल्ल सदा विजयी रहु नै’ वाक्य कुन्दन लगाएका थिए । हाल सो वाक्य गोटिहवा अशोक स्तम्भको बाँकी भागमा रहेको देखिँदैन। तथापि नेपालको इतिहास लेखन कार्यमा कपिलवस्तुको पहिचान र प्रामाणिकता स्थगित गर्नका लागि सामग्री र अभिलेखका वाक्यहरू आधार स्तम्भका रूपमा रहेको पाइन्छ ।हाल यहाँ रहेको अशोक स्तम्भ टुक्रिएको अवस्थामा छ । यस स्तम्भको के कति भाग जमिन मुनी रहेको छ, सो निर्क्योल हुनसकेको छैन । क्रकुच्छन्द बुद्ध, गौतम बुद्धभन्दा अघिका बुद्ध हुन । यस गोटिहवा गाउँमा विद्वानहरूले भने अनुसार यहाँ निकै नै स्तुपाहरु रहेका छन् । तसर्थ यस स्थलमा विस्तृत रूपमा पुरातात्त्विक उत्खनन भइनसकेको छ । तसर्थ यहाँ उत्खनन गर्न अति नै आवश्यक छ ।प्राचीन गोटिहवा ईटाको स्तुप, अशोक स्तम्भले तल्लो भागमा पोखरी रहेको छ र आधुनिक गाउँले घेरिएको छ । यो ठाउँमा सर्वप्रथम अन्वेषण सन् १८९० को दशकमा भएको थियो । सन् १८९८ मा स्तुपमा मेजर वाडेलव्दारा आंशिक उत्खनन गरिएको थियो । पहिलाका केही पुरातत्वविद्हरुले यो स्मारकले पूर्व क्रकुच्छन्दको जन्मस्थानलाई संकेत गर्दछ भनि विश्वास गरेका छन् ।यो स्तुपमा सन् १९९०को दशकमा ईटालीका पुरातत्वविद् जियोभानी भेरार्डिले पुनः उत्खनन गरी स्तुपको निर्माण २ तहमा भएको पहिचान गरेका थिए । आरम्भिक कालको स्तुपको नाप १९.५ मिटर ब्यास रहेको र धेरैजसोमा चिन्ह कुँदिएको आयाताकार र त्रिकोणात्मक इँटाव्दारा घट्दो क्रमको गोलाकाररूपमा निर्मित थियो । पछि स्तुप २१.५ मिटर ब्यासमा आयातकार ईटाहरुमात्र प्रयोग गरी विस्तार गरियो ।भेरार्डिले स्तुपको सर्वप्रथम निर्माणकर्ता श्रेय सम्राट अशोकलाई (ईसापूर्व तेस्रो शताब्दी) दिएको र ईसा पूर्व १०० देखि इ स ३०० को विचमा कुषाणकालमा स्तुपको विस्तार भएको उल्लेख गरेका छन् । उत्खनन स्तुप बन्नुभन्दा पूर्वदेखि नै यस ठाउँमा बसोबास रहेको तथ्य प्रकाशमा ल्याएको थियो ।कार्वन तिथि निर्धारणबाट यस स्थलको तिथि ईसा पूर्व ८०० आएको थियो र आरम्भिक उत्तरी कालापालिस गरिएका माटोको भाँडाका टुक्राहरुको प्राप्तिले यो ठाउँ लुम्बिनी गाउँ जतिकै ईसापूर्व १३०० कै समकालीन भएको सङ्केतसमेत प्राप्त भएको व्यहोरा गोटिहवामा राखिएको सूचना पाटीमा उल्लेख गरिएको छ ।
काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं १ दहचौकमा अवस्थित काजी कालु पाण्डेको समाधिस्थल र शालिक हेर्न जानेहरूको संख्या बढ्दो छ । कालु पाण्डे एक महान गोरखाली क्षत्रीय भारदार हुन् । कालु पाण्डेलाई गोरखाली जनताले प्रथम पटक मुख्यमन्त्री चयन गरेका थिए । पाण्डेको जन्म वि सं १७७० मा भएको थियो । पाण्डेले लमजुङको सन्धिमा कुशलतापूर्वक कार्य गरेका र विसं १८०१ को नुवाकोट युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले स्वयं पृथ्वीनारायण शाहले पनि ‘अब उप्रान्त कालु पाण्डेको सल्लाहबिना कुनै पनि काम गर्ने छैन’ भनेका थिए । पृथ्वीनारायण शाहको यो बोलीले अनुमान गर्न सकिन्छ कि कालु पाण्डे गोरखाको तत्कालीन सैनिक, प्रशासनिक र कूटनीतिकको क्षेत्रमा निकै नै अब्बल थिए ।
काठमाडौँ जिल्लाको हनुमान ढोका दरबार स्क्वाएर नजिक रहेको मरु टोलमा अवस्थित भगवती देवीको मन्दिर । यसलाई दशभुजायुक्त देवीको मन्दिर पनि भनिन्छ ।
काठमाडौँको मरु टोलको प्रख्यात अशोक विनायक वा गणेश मन्दिरभन्दा केही अगाडि बायाँतर्फ अर्थात नवनिर्मित काष्ठमण्डप नजिक रहेको छ ।
चितवन जिल्लाको ज्योतिनगर वडा नं २६ अर्थात यसलाई दिव्यनगर पनि भनिन्छ। यही स्थलमा रहेको छ प्राचीन कालिका देवीको मन्दिर। भनिन्छ, पौराणिककालमा पाण्डवहरुले यहाँ मन्दिर बनाउन लगाएका थिए। यस स्थलमा ४ वटा माटोको ढिस्का अर्थात स्तुपा जस्तो थियो।
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ९ मा रहेको प्रख्यात पाकरीको बोट । यस बोटलाई पाकड वा फलक्षा पनि भनिन्छ । यसको वैज्ञानिक नाम फिकस बेन्जामिना हो । निकै नै सुन्दर र आकर्षक यो पाकरीको बोटलाई बुद्धकालीन बोट पनि मानिएको छ । किनभने यही रुखको मुनि बसेर गौतमबुद्धले तपस्या समेत गरेको भन्ने जनविश्वास रहेको छ ।
यो कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं ३ को तिलकपुरमा अवस्थित विष्णु मन्दिर वा साकेत धाम हो । यस साकेत धाममा पाण्डवकालीन विष्णु भगवानको प्राचीन मूर्ति रहेको छ ।
सुदूरपश्चिम नेपालको कैलाली जिल्ला गोदावरी नगरपालिका ४ गोदावरी अर्थात कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ यो अग्लो र निकै नै आकर्षक हनुमानको मूर्ति रहेको छ। ५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ।
ललितपुरको गोदावरी नगरपालिका–१ को ढुङ्गेधारा साँघुमा १०८ धारा मुक्तिनाथ धाम रहेको छ । यो मन्दिर काठमाडौँको रत्नपार्कदेखि १४ किलोमिटर र गोदावरी नगरपालिकाको थैवबाट दुई किलोमिटरको दूरीमा रहेको छ । यस स्थललाई पौराणिक ढुङ्गासाँघु भनिन्छ । जहाँ अहिले धमिरे खोला बगेको छ । यसको पौराणिक नाम गोमती खोला हो । यही खोलामा ढुङ्गाको साँघु रहेको थियो । उक्त साँघु जीर्ण भएपछि सानो पक्कीपुल बनाइएको छ
कैलाली जिल्लाको चिसापानी कर्णाली नदीमा निर्माण गरिएको केबुल स्टेड पुल निकै आकर्षक र चर्चित पनि छ ।