• १३ साउन २०८१, आइतबार

सम्पदा

प्रख्यात बगलामुखी मन्दिर

blog

बर्दिया गुलरिया, असोज २९ गते । बर्दियाको गुलरिया नगरपालिका ७ मा अवस्थित प्रख्यात बगलामुखी मन्दिर । यस बगलामुखी देवी एक दुर्गा मातामा समर्पित रहेको छ।

मन्दिरको क्षेत्रफल निकै नै फराकिलो, फुल बगैँचाले सजिएको र आकर्षक प्रमुख प्रवेशद्वार रहेको छ। मन्दिरको गर्भ गृहमा निकै नै आकर्षक बंगलामुखि माताको कलात्मक मूर्ति रहेको छ। प्यागोडा शैलीको यो मन्दिर निकै नै कलात्मक शैलीमा बनाइएको छ। 


मन्दिर परिसरमा भगवान् विष्णुको मन्दिर, भगवान् शिवको मन्दिर, भगवान् गणेशको मन्दिरको साथै अन्य साना विभिन्न देव देवताहरूको मन्दिर समेत रहेका छन्।  यस बगलामुखी मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो र बर्दियाको प्रख्यात मन्दिरको रूपमा निकै नै परिचित रहेको छ।


विशेष गरी हिन्दुहरूको विजयादशमीमा यस मन्दिरमा देवीको आराधना र पूजा अर्चना, पशु बलि चढाउने भक्तजनहरूको अत्यधिक भिड लाग्ने गर्दछ। यो मन्दिर स्थानीय वासिन्दाहरुको सहयोगमा वि सं १९९४ सालमा माल सुब्बा पिताम्बर खरेलले यस मन्दिरको स्थापना गरेका हुन्।