• १६ भदौ २०८१, आइतबार

हाम्रो सम्पदा

गुलरियाको हनुमान मन्दिर

blog

बर्दिया, भदौ २ गते । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित कोटही टोलमा अवस्थित हनुमानको निकै नै आकर्षक मूर्ति रहेको छ । 

यस हनुमानको मन्दिर गुलरियाको प्रख्यात कोटही देवी मन्दिर अगाडी बायाँतर्फ उच्च स्थानमा रहेको छ। निकै नै कलात्मक र आकर्षक शैलीको यो हनुमानको मन्दिर खुला आकाशमा छ। यस मन्दिरमा सिँढी चढेर मन्दिरमा पुग्न सकिन्छ। 

माथि फराकिलो क्षेत्रमा रहेको यस मन्दिरबाट त्यस भेगका दृश्यावलोकन समेत गर्न सकिन्छ।