• १५ असार २०८१, शनिबार

हाम्रो सम्पदा

कपिलवस्तुको समयमाई मन्दिर (फोटो फिचर)

blog

कपिलवस्तु, असार ८ गते । प्राचीनस्थल जुन कपिलवस्तुको दक्षिण पूर्व वडा न २ मा पर्ने ऐतिहासिक एवं प्राचीनस्थल लमतिया। यही ऐतिहासिक स्थलको एक किनारमा रहेको छ समयमाईको मन्दिर। माटोको ५ वटा थुम्कालाई नै समयमाई मानेर भक्तजनहरू पूजा अर्चना गर्दछन्। यहाँ सयौँको सङ्ख्यामा भक्तजनहरूले चढाएको माटो र सिमेन्टले बनेका साना तथा ठुला हात्तीहरू रहेका छन्।

यो स्थल निकै नै फराकिलो क्षेत्रफलमा फैलिएको छ र त्यहाँ प्राचीन इँटाहरू पनि देख्न सकिन्छ। यस ऐतिहासिक स्थलमा उत्खनन कार्य नभएकोले यो स्थल कुन कालिनको हो भनेर यकिनका साथ भन्न कठिनाइ रहेको पुरातात्वविद्हरु बताउनु हुन्छ। यहाँका स्थानीयवासीहरु स्वयं स्वीकार गर्दछन् कि यो समयमाईको मन्दिर यस स्थलमा पछि मात्र बनेको हो भनेर।

मन्दिरको नजिक रहेको पुरातत्त्व विभागको निलो साइनबोर्डमा पनि प्रस्ट उल्लेख गरिएको छ यो प्राचीन स्थल हो भनेर साथै उक्त साइनबोर्डमा प्रस्ट लेखिएको छ।