रानीवन, असार १५ गते । काठमाडौँको नागार्जुन नगरपालिका-१ रानीवनमा अवस्थित छ पचली भैरव मन्दिर । यो मन्दिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुनको फूलबारी अर्थात् ककनी जाने बाटोको बायाँतर्फ राष्ट्रिय निकुञ्जको प्रवेशवरबाट आफ्नो निजी सवारी साधनबाट जाँदा केही दुरीको घना जङ्गलमा अवस्थित रहेको छ।
मन्दिर भित्र ११ वटा विभिन्न देव देवताको शिलाको मध्य भागमा रहेको कालो शिलालाई पचली भैरव मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्। त्यही शिलाहरूको पछाडि त्रिसुलहरू छन् भने माथि घण्टाहरू झुन्डिएका छन्। निकै फराकिलो क्षेत्र र प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिर क्षेत्र निकै शान्त वातावरणमा रहेको छ। मन्दिर सञ्चालनार्थ श्री महेश सुवेदीको अध्यक्षतामा २१ सदस्यीय श्री पचली भैरव मन्दिर रानीवन संरक्षण समिति समेत गठन गरिएको छ।





