थारु हुकेहुक्का खेलको अस्तित्व सङ्कटमा
लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।
गाईको पूजा गरी मनाइयो गाई तिहार
नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज (मङ्गलबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआज गरेका हुन् ।
अलपत्र आठपहरिया सङ्ग्रहालय
धनकुटा जिल्लाको धनकुटा नगरपालिका भित्र मात्रै बसोबास रहेको जाती हो आठपहरिया जाती । यसै जातीको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातीको सङ्ग्रहालय निर्माण सुरु गरियो । तर निर्माण कार्य सुरु भएपछि पुन बजेट नआउँदा यो योजना अलपत्र बनेको छ ।
तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभएको छ ।
चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गर्नुभएको छ । उहाँले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्याउँदै आएको बताउनुभएको छ ।
म्हपूजा पर्व मनाइँदै
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।
तिहार पर्व सांस्कृतिक मूल्य
तिहार पर्वमा काग, कुकुर, लक्ष्मी, गाईगोरु, गोवर्धन पर्वत तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ भन्ने तिमीहरुलाई थाहै छ तर यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ । तिहार हामी नेपालीको सांस्कृतिक पर्व हो । दशैँपछि लगत्तै आउने यो चाड दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष यही कात्तिक ६ गतेदेखि १० गतेसम्म रहेको छ ।
तिहारमा झिलिमिली बत्ती (फोटो फिचर)
तिहार सुरु भएलगतै बजारमा सामान किन्ने र बेच्नेको भीड बढेको छ।
राष्ट्रपतिको उपस्थितिमा देउसीभैली
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ।
माटाका भाँडा बिक्री नहुँदा स्थानीय व्यवसायी निराश
दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यावसायी निराश छन् ।
गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले लक्ष्मीको आराधना गर्नुभयो ।
बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी
तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।
वागेश्वरीमा सुरु भयो गाैं कथा महोत्सव
योगी नरहरिनाथ आश्रमस्थल चितवनको बागेश्वरीमा सोमबारदेखि त्रिदिवसीय गौं कथा महोत्सव सुरु गरिएको छ । वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका सदस्य रामप्रसाद ओस्तीका अनुसार गाईको धार्मिक महत्त्व र संरक्षणको लागि लक्ष्मी पूजा अर्थात् गाई तिहारको अवसर पारेर आश्रमले उक्त महोत्सव आयोजना गरेको हो ।
गत वर्षको तुलनामा यो वर्ष फूल आयातमा २७ प्रतिशतले ह्रास
तिहारका लागि आवश्यक पर्ने फूलको आयात गत वर्षको तुलनामा यस वर्ष २७.८८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको साउन र भदौ महिनामा एक करोड १४ लाख मूल्य बराबरको फूल आयात भएको थियो । यस बर्षको सोही समयमा फूलको आयात ८२ लाख २१ हजार रुपियाँ मात्र रहेको छ ।
नेपाल प्रहरीले मनायो कुकुर तिहार [फोटो फिचर]
काठमाडौं, कात्तिक ७ गते । तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गरी मनाएको छ । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएकाे थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कुकुरलाई इमान्दार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।
कुकुर आज्ञापालक एवं रक्षक
कुकुर तिहार अर्थात् नरक चतुर्दशी, सुखरात्री वा यमपञ्चकको दोस्रो दिन । आजको दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने चलन छ ।
धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
देउसीभैलोको मौलिकता हराउँदै
देउसीको यो लोकभाका तिहार आएसँगै गुञ्जायमान हुन्छ । देउसीभैलोको सुरुवातबारे फरक–फरक श्रुति परम्परा छन् । भौगोलिक क्षेत्र, विभिन्न जाति, जनजातिअनुसार देउसीभैलो खेल्ने शैली पनि फरक–फरक छन् । यसले पनि जनाउँछ– देउसीभैलोमा विविधता छ । देउसीभैलो जहाँबाट सुरु भए पनि तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो, देउसी ।
भत्काउनुपर्छ– महानगर, संरक्षण गर्नुपर्छ – पुरातत्व
टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातìव विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।
काठमाडौंलाई लाग्यो दीपावली
काठमाडौं शहरको तिहारको झिलिमिली ।
व्यापारी भन्छन् ‘नरिवल, सुपारी र छोकडा छैन’
तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ ।
काग सन्देश प्रवाहक प्राणी
काठमाडौं, कात्तिक ६ गते । हिन्दुहरूको महान् चाड तिहार (यमपञ्चक) आइतबारदेखि सुरु भएको छ। आज कात्तिक कृष्ण पक्ष त्रयोदशी धनवन्तरी दिवस अर्थात् कागको पूजासँगै तिहार सुरु भएको छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवर्द्धन) म्हःपूजा र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटिका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक भनिन्छ। काग तिहार अर्थात् आज तिहारको पहिलो दिन। आजबाट यमपञ्चक सुरु भएको मानिन्छ। आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन चल्दै आएको पाइन्छ। काग सन्देश प्रवाहक प्राणी संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार काग मानिसको मित्र हो। कागको पूजा गर्ने वा आज मिठो खान बोलाउँदा वर्षभर कागले आफ्नो घर आँगनमा सुखद खबर ल्याउने कामना गर्ने गरिन्छ। बली राजाको शासन कालदेखि नै काग तिहार मनाउने चलन रहेको उहाँको भनाइ छ। “नेपाली संस्कृति प्रकृतिपरक छ, जसको राम्रो उदाहरण हो काग तिहार। काग वातावरणलाई पनि सफा गर्ने प्राणीको रूपमा लिन सकिन्छ,” उहाँ भन्नुहुन्छ, “काग, कुकुर, गाई, गोरुलगायत अन्य प्राणीबाट मानिसले धेरै कुरा सिकेका छन्।” यसबाहेक कागलाई एक दुष्ट साथी पनि भन्ने गरेको श्रेष्ठ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “नेपाली समाजमा एक कथन छ। मित्रलाईभन्दा बढी शत्रुलाई नमस्कार गर्नुपर्छ। यसो गर्दा शत्रुबाट कुनै पनि किसिमको हानीनोक्सानी नहुने विश्वास गरेको पाइन्छ।”अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही अशुभ सन्देश ल्याएको वा केही नराम्रो घटना घट्दै छ भन्ने सोच राख्ने मानिस रहेको उहाँको भनाइ छ। यसैगरी कागलाई समूहमा मिलेर काम गर्ने भावनाको एक मात्र उदाहरणको रूपमा लिन सकिन्छ। म हैन हामी भएर अघि बढ्न् सके सबै राम्रो हुने भावना कागको समूहमा पाइन्छ। जस्तै, कागले कुनै खानेकुरा पायो भने एक्लै खाँदैन। हल्ला गर्छ र हल्लासँगै सबै कागले खान पाउने उहाँ बताउनुहुन्छ। कागमा एकताको गुणसंस्कृतिविद् ओम धौबडेलका अनुसार काग चलाख र सर्वभक्षी प्राणी हो। उनीहरूलाई केही घटना हुनु अगाडि नै थाहा हुन्छ। भूकम्प आउनुभन्दा पहिले काग र कुकुरले नै थाहा पाउँछ। धौबडेलका अनुसार नेपाली समाजमा कागलाई सन्देश प्रवाहक प्राणीको रूपमा लिने गरिन्छ। काग कराएको बेलामा ‘शुभ बोल शुभ बोल’ भन्ने चलन चल्दै आएको उहाँको भनाइ छ। काग कहाँ बसेर कस्तो आवाज निकालेको छ, जसले शुभ–अशुभको अनुमान लगाउन सकिन्छ।कागले मृत्युसम्बन्धी खबर दिने भएकोले त्यस समयदेखि तिहारमा कागलाई पूजा गर्ने परम्परा चलिआएको धौबडेल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यसबाहके कागमा एकताको गुण पाइन्छ। काग मिल्ने, हल्ला गरेर खाने वा समस्यामा पर्दा मिलेर समाधान गर्ने बानी देख्न सकिन्छ।”जन्म र मृत्युको विवरण राख्ने प्राणीसंस्कृतिविद् जगमान गुरुङका अनुसार कागको जीवन शैली घुमन्ते हो। हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका राजा यमराजले पृथ्वीका मानिसको जन्म र मृत्युको विवरण राख्ने गरेको पाइन्छ। पृथ्वी लोकका मृत्यु भएको मानिसको विवरण राख्ने काम कागले गर्ने धार्मिक मान्यता रहेको छ। आजको दिन कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा वर्षभर शुभ सन्देश ल्याउने विश्वास रहेको उहाँ बताउनुहुन्छ। यसरी वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गर्ने चलन रहेको छ।
सयपत्री र तिहार (फोटो फिचर)
आइतबारदेखि यमपञ्जक सुरु भएको छ। पहिलो दिन कागको पूजा गरिएको छ। तिहारलाई फूलको पर्व मानिन्छ। तिहारमा मखमली र सयपत्रीको फूल सबैभन्दा बढी माग हुन्छ।
नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्याली
नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा शनिबार मैनबत्तीसहित सांस्कृतिक र्याली आयोजना गरिएकाे छ । श्री गणेश सामुदायिक विकास सेवा (माल्चाटार)को संयोजकत्वमा कामपा का १५ वडाका १२ वटा टोलको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।