• १२ साउन २०८१, शनिबार

नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्‍याली

blog

नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्‍याली । तस्विर – मनाेजरत्न शाही

गाेरखापत्र अनलाइन

काठमाडाैँ, कात्तिक ६ गते । नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा शनिबार मैनबत्तीसहित सांस्कृतिक र्‍याली आयोजना गरिएकाे छ ।

श्री गणेश सामुदायिक विकास सेवा (माल्चाटार)को संयोजकत्वमा कामपा का १५ वडाका १२ वटा टोलको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

नेपालको मौलिक संवत् नेपाल संवत् तथा शुभ–दीपावलीको अवसरमा निकालिएको र्‍यालीले नगर परिक्रमा गरी माल्चाटार पुगेर साङ्गीतिक कार्यक्रममा परिणत भएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफू साधारण मानिस भए तापनि कान्तिपुर र भादगाउँका जनताको ऋणमोचन गरिदिनुभएकाे थियाे ।

सोही दिनलाई नेपाल संवत् शुरू भएकाे अर्थात् नयाँ वर्षको रुपमा मनाइँदै आइरहेको छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।