• १९ असोज २०८१, शनिबार

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

blog

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रपति निवासमा सांस्कृतिक संस्थाद्वारा तिहार पर्व–२०७९ का अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा दक्षिणा दिनुहुँदै। तस्बिर : चन्द्रकला क्षेत्री,रासस

काठमाडौं, कात्तिक ७ गते। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ।

राष्ट्रपति भवनमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेकाे हो।

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन भएको थियो। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।रासस