• १२ असोज २०८१, शनिबार

अलपत्र आठपहरिया सङ्ग्रहालय

blog

धनकुटा नगरपालिका –५ बिहीबारेमा निर्माण अवस्थामा अलपत्र आठपहरिया संग्राहालय। तस्बिरः कविराज घिमिरे

हिले, कात्तिक ८ गते । धनकुटा जिल्लाको धनकुटा नगरपालिका भित्र मात्रै बसोबास रहेको जाती हो आठपहरिया जाती । यसै जातीको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातीको सङ्ग्रहालय निर्माण सुरु गरियो । तर निर्माण कार्य सुरु भएपछि पुन बजेट नआउँदा यो योजना अलपत्र बनेको छ । 

धनकुटा नगरपालिका क्षेत्रमा मात्रै बसोबास रहेको आठपहरिया जातिको कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०७७ सालबाट सङ्ग्रहालय निर्माणको कार्य थालनी गरियो । धनकुटा नगरपालिका –५ बिहीबारे हटिया छेउमा आठपहरिया जातिको संस्कार संस्कृति, बाजागाजा र पोसाक संरक्षण–प्रवर्धनका लागि सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । तर, अहिले पहिलो तलामा केही निर्माण गरेपछि थप काम नहुँदा संरचना लथालिङ्ग अवस्थामा रहेका छन् । यो सङ्ग्रहालयको निर्माण सम्पन्न भए धनकुटामा मात्रै बसोबास रहेको आठपहरिया जातिको प्रवर्द्धन हुने निर्माण समितिका संयोजक कोमल आठपहरियाले बताउनु हुन्छ । “पहिले अलिअलि पैसा आयो र सुरु गरियो तर अहिले पैसा आउन छोड्यो अलपत्र भयो” आठपहरिया भन्नु हुन्छ ।

यो पनि पढ्नुहोस

घरेलु मैदानमा वेस्टहाम विजयी

तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश

२०७७ सालमा सङ्घीय सरकारको ५० लाख रुपैयाँको सहयोगमा धनकुटा नगरपालिकाले डिपिआर तयार गरी काम सुरु गरेको थियो । २०७८ सालमा १० लाख मात्र छुट्यो । चालु आर्थिक वर्षमा भने सो भवनको लागि कुनै पनि योजना पर्न सकेन । जसका कारण योजना अलपत्र बनेको छ । विभिन्न सरकार परिवर्तनको असर तथा एउटा सरकारले अर्को सरकारले गदै आएको कामलाई निरन्तरता नदिँदाको आठपहरिया जातिको निर्माणाधीन सङ्ग्रहालयमा परको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउनु हुन्छ । “नगरको बजेटले पुग्दैन सङ्घ र प्रदेश सँग माग गरेको निरन्तरको सरकार परिवर्तनले गर्दा बजेट पार्नै मुस्किल छ” मेयर तामाङ भन्नु हुन्छ ।

करिब ५ हजारको हाराहारी मात्र जनसङ्ख्या रहेको आठपहरिया जाति धनकुटामा मात्र बसोबास गर्ने एक मात्र जाती हो । आधुनिकताका कारण पछिल्लो समय जातजातिको पहिचान झल्काउने संस्कृति, पोसाक लोप हुँदै गइरहेका जानकारहरू बताउँछन् । यस्तो अवस्थामा धनकुटामा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया सङ्ग्रहालय निर्माण हुन सके संस्कृति संरक्षणमा थप मद्दत पुग्ने छ । यसले आठपहरिया जातीको कला संस्कृति जोगाउने मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने भएकाले चाँडो निर्माण गर्न स्थानीयको माग छ । 

यो पनि पढ्नुहोस

दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

म्हपूजा पर्व मनाइँदै

यो पनि पढ्नुहोस

सल्यानमा गठबन्धन दलबीच सहमति

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।