• १२ असार २०८१, बुधबार

गत वर्षको तुलनामा यो वर्ष फूल आयातमा २७ प्रतिशतले ह्रास

blog

काठमाडौं, कात्तिक ७ गते । तिहारका लागि आवश्यक पर्ने फूलको आयात गत वर्षको तुलनामा यस वर्ष २७.८८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको साउन र भदौ महिनामा एक करोड १४ लाख मूल्य बराबरको फूल आयात भएको थियो । यस वर्षको सोही समयमा फूलको आयात ८२ लाख २१ हजार रुपियाँ मात्र छ । 

गत वर्षको तुलनामा यस वर्ष फूलको आयात ३१ लाख ७९ हजार घटेको हो । गत वर्षको साउन र भदौ महिनामा एक लाख ३४ हजार केजी फूल आयात भएको थियो । यस वर्षको सोही समयमा भने फूलको आयात एक लाख ४६ हजार केजी भएको छ । आयात केजीमा थपघट भए पनि आयातमा रुपियाँ घटेको हो ।

नेपालमा तिहारको लागि २४ लाख ५० हजार फूलको माला आवश्वक पर्ने फ्लोरिकल्चर एसोशियसनले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले फूलको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान बनाएकाले यसवर्ष फूलको आयातमा कमी भएको विभागले जनाएको छ । नेपालमा तिहारका लागि २४ लाख ५० हजार फूलको माला आवश्यक पर्ने फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ । 

एशोसिएसनका अध्यक्ष मीनबहादुर तमाङ्का अनुसार नेपालमा तिहारका लागि आवश्यक पर्ने मालामध्ये २० लाख सयपत्री माला र बाँकी चार लाख ५० हजार मखमली मालाको आवश्यकता पर्ने बताउनुभयो ।

तामाङ्ले भन्नुभयो, तिहारमा २४ लाख ५० हजार मालाको आवश्यक पर्ने हाम्रो आँकलन छ, जसमध्ये २० लाख सयपत्रीको माला आवश्यक पर्छ भने बाँकी चार लाख ५० हजार मखमली माला आवश्यक पर्छ । 

उहाँका अनुसार खपत हुने २० लाख सयपत्री मालामध्ये १७ लाख नेपालमै उत्पादन हुन्छ । बाँकी तीन लाख अन्य देशबाट आयात भएको उहाँको भनाइ छ । 

मखमली मालाका लागि फूलह भने देशकै उत्पादनले धान्ने एसोशिएसनका अध्यक्ष तामाङले बताउनुभयो ।  

एक लाख तयारी मखमली माला निर्यात हुने उहाँको भनाइ छ । 

कोभिडपछि फूल उत्पादन घट्यो 

कोभिड सङ्क्रमणपश्चात फूलको उत्पादनमा कमी आएको फ्लोरिकल्चर एशोसिएसनका  अध्यक्ष मिनबहादुर तामाङ्ले बताउनुभयो । उहाँले भन्नुभयो, कोभिडपश्चात् फूलको उत्पादन पनि घटेको छ । कोभिडको समयमा माग नै कम रहेको र लगानी पनि कम रहेका कारण उत्पादन घटेको हो ।

अव विस्तारै लगानी बढ्दै गएकाले केही वर्षमै फूल व्यवसाय पुरानै लयमा फर्कने उहाँको भनाइ छ । कोभिडभन्दा अघि मागको ९१ प्रतिशत आन्तरिक उत्पदानले नै धानेको फूल व्यवसाय अहिले भने केही प्रतिशत घटेको छ ।

प्लास्टिक माला बिक्री

सरकारले प्लास्टिकका माला विक्री नगर्न कडाइ गरे पनि अहिले बजारमा माला छ्याप्छ्याप्ती पाइएको छ । 

प्लाष्टिकको माला आयातमा पूर्णरुपमा बन्देज गर्न सरकारले साउन १३ गते राजपत्रमा सूचना निकालेको थियो ।  तर अहिले प्लाष्टिकका मालाहरु बजारमा प्रशस्तै देख्न सकिन्छ । 
सरकारको नीति र कार्यक्रम फितलो रहेको छ । प्लास्टिकका माला अहिले पनि बजारभरी पाउन सकिन्छ । अनुगमन नै छैन ।

फ्लोरिकल्चर एसोशिएसनका अध्यक्ष मीनबहादुर तामाङ्का अनुसार सरकारको नीति र कार्यान्वयन पक्ष फितलो रहेका कारण यो अवस्था आएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, सरकारको नीति र कार्यक्रम फितलो रहेको छ । प्लास्टिकका माला अहिले पनि बजारभरी पाउन सकिन्छ । अनुगमन नै छैन । सरकारले सूचना मात्र निकालेर हुँदैन, अनुगमन पनि गर्नुपर्छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।