पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएपछि केही महिना अघिदेखि रोकिएको ग्यार्को फ्लाइओभर (अण्डरपास) को काम अहिले भने द्रुत गतिमा अघि बढेको छ ।
बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरी चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागको नियत सफा नहुँदा विद्युतीय तार भूमिगत गर्ने काम रोकिएको बताउनुभयो । सहर सफा मात्र नभएर स्मार्ट सहरको परिकल्पनालाई पुरा गर्न प्राधिकरणले गरेको कामलाई विभागका महानिर्देशक र केही कर्मचारीले प्रभावित बनाएको उहाँको भनाई छ ।
सरकारले नयाँ प्रविधि ‘पोड वे’ सेवालाई कानुनी मान्यता दिएको छ । मङ्सिर ७ गते राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ‘पोड वे’ सेवा सञ्चालनका लागि आवश्यक नीति,नियम, अध्ययन तथा कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो ।
मेलम्चीको पानी अब निरन्तर उपभोग गर्न पाउने उनीहरुको विश्वास थियो । तर बाढीको जोखिम देखाएर मेलम्ची खानेपानी विकास समितिले सात महिनामै (जेठ २७ गते) पानी वितरण बन्द गरिदियो ।
देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्याङ्क अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ ।
सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।
समय संशोधन गर्दै आइतबाट द्रुत बस सेवा पुनः सुरु भएको छ। पहिले बिहान ९ देखि बस सेवा सुचारु गरिए पनि अब भने बिहान ८:३० देखि १०:३० सम्म र बेलुका ३:३० देखि ५:३० बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।
भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भने पनि अहिलेसम्म उक्त परिणामको चिनी नेपाल आएको छैन । नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
मंसिर सुरु भएसँगै किसानलाई उखु काट्ने चटारो छ । तर उखुको समर्थन मूल्य सरकारले नतोक्दा उखु किसान मर्कामा परेका छन् । अहिले उखु किसानहरु सरकारले समर्थन मूल्य नतोकिदिँदा सस्तो मूल्यमा उखु बेच्न बाध्य छन् ।
भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआईजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर सूर्यविनायक–रत्नपार्क द्रुतबस सेवा सुरु गरिएको थियो । तर, सेवा सुरु भएको दुई महिना बित्दा द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । साँघुरो सडकमा सडकनै कव्जा गरेर नयाँ सुविधाहरु लागु गर्दा प्रभावकारी नभएपछि यो सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहल थाल्ने जनाएको छ ।
सरकारले सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गनराउन निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन ऐन) २०६४ को दफा ४५ ले दिएको अधिकारको प्रयोग मार्फत सरकारले यो निर्देशिका जारी गरेको हो ।
मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।