सबै ठेक्कामा म्याद थप्ने सरकारको निर्णय गरेको छ । तत्काल म्याद थप गरी आयोजना कार्यान्वयन गर्न प्रमुखहरूलाई सरकारले निर्देशन दिए पनि अटेर गरेर अझै पनि म्याद थप गरेका छैनन् ।
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स ) सम्बन्धमा यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरेको छ ।
कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो ।
खोला किनार, घना जङ्गल तथा आवासीय क्षेत्रमाथि विद्युतको तारमा सरर गुडाउन सकिने आधुनिक यातायातको माध्यम हो पोडवे । झट्ट हेर्दा केबुलकार जस्तो देखिने यो सेवा निर्माणमा केबुलकार भन्दा निकै सस्तो पर्दछ । दुई पोलबिचको दुरी दुई किलोमिटर रहने, विद्युतको सहायताले सञ्चालन हुने यो सेवा वातावरणीय हिसाबले पनि निकै प्रभावकारी रहेको छ ।
नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ । त्यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ ।
यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिए पनि अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन ।
गत शुक्रवार बालकुमारीमा सिप बिल्डिङमा अनुत्तीर्णलाई पनि नयाँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउनुपर्ने माग सहित प्रदर्शनमा उत्रँदा दुई युवाको ज्यान गयो । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त घटनाका दोषीलाई कारबाही गर्ने सरकारले जनाएको छ । पछि उक्त समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने छ ।
नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० मंसिर मसान्तसम्म ६१ उद्योगको बक्यौता २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपियाँ रहेको छ।
पछिल्लो समय कुखुरापालन व्यवसाय सङ्कटमा परेको छ । कुखुरा व्यवसायीले मासु र अण्डाको उचित मूल्य पाउन नसक्दा व्यावसायीहरु विस्थापित हुने स्थितिमा पुगेको व्यवसायीहरूले जनाएको छ ।
राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
निजामती कर्मचारीलाई सङ्केत नम्बर नदिँदा कर्मचारी वितरण प्रणाली भद्रगोल भएको छ । कर्मचारी नियुक्त भएर गएपछि काममा खटनपटन गर्नु पूर्व कर्मचारी सङ्केत नम्बर वितरण गरेर कर्म विवरण दिनुपर्ने हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हालेसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा देखिएका समस्या समाधान हुँदै गएको छ ।
नेपाल प्राकृतिक प्रकोपका दृष्टिले बहुजोखिमयुक्त क्षेत्र हो । नेपालमा बर्सेनि आगलागी, बाढीपहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले विपद् निम्त्याउने गरेको छ ।
काठमाडौंवासीले वर्षाैंपछि मेलम्ची खानेपानीको स्वाद चाख्न पाए पनि बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण फेरी अन्यौलता बढाएको छ । प्राकृतिक प्रकोपसँगै सरकारी बेवास्ताका कारण पनि मेलम्चीको पानी काठमाडौैंमा आउन सकेको छैन ।