भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।
अघिल्ला वर्षहरुमा रातको समयमा सुरक्षा व्यवस्थाका कारण समय तोक्ने गरिए पनि यसवर्ष भने जुनसुकै बेल पनि देउसी, भैलो खेल्न सकिने भएको हो ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ विद्युतको उच्च माग (पिक डिमाण्ड) एक हजार ४०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समाजवाद उन्मुख दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
तिहार सुरु हुनै लाग्दा बिजुली पसलहरुमा ग्राहको चहलपहल बढ्दै गएको छ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ ।
यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।
खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी, बोका र च्याङ्ग्रा यसवर्ष पनि बिक्री भएका छैनन् ।दसैँका लागि खाद्य कम्पनीले ल्याएका दुई हजार २०१ खसी, बोका तथा च्याङ्ग्रामध्ये २०० वटा खसी र च्याङ्ग्रा बिक्री नभएका हुन् ।
गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।
सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।
पश्चिम नेपालमा लगातार ठूला भूकम्पहरु गएका छन् । एक वर्षमा पश्चिम नेपालमा १८ वटा ठूला भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार गतबर्ष कात्तिक २२ गतेदेखि अहिलेसम्म ५ रेक्टरस्केल माथिका १८ वटा भूकम्प गएका छन् ।
चाडपर्वकै समय काठमाडौं उपत्यकालगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुँनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नवनाउदाँ रगतको अभाव भएको पाइएको हो ।
काठमाडौँमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको छ ।
गतवर्षको तुलनामा यसवर्ष खसी,बोका,भेडा तथा च्याङ्ग्राको व्यापार खस्किएको छ । यस वर्षको दशैँमा उपभोक्ताले मासुको खपत घटाएको व्यावसायीको भनाइ छ ।
भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमति वर्गको अरुवा चामल (नन् बासमति ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको छ ।