• ९ असार २०८१, आइतबार

भूमिगत विद्युत वितरण परीक्षण सञ्चालन तयारी, पूर्ण हुन समय लाग्ने

blog

काठमाडौं, जेठ ७ गते । नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणाली परीक्षण केही दिनपछि सञ्चालनमा ल्याउने जनाएको छ ।

विद्युतीय तार भूमिगत गरेर सकिएको पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा परीक्षण गरिने विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले बताउनुभयो । 

उक्त क्षेत्रमा केही दिनमा नै विद्युत वितरण गरिने उहाँको भनाइ छ । तार भूमिगत भएपछि उक्त क्षेत्रमा रहेका पोलहरु क्रमसँगै हटाइने भएकाले उक्त क्षेत्रका पोलमा जडान गरिएका इन्टरनेट अप्टिकल फाइबर, सीसीटिभी क्यामेरा, सडक बत्तीलगायतका संरचना ६ महिनाभित्र हटाइसक्न आग्रह गरेको छ । 

पोलमा जडान गरिएका इन्टरनेट अप्टिकल फाइबर, सीसीटिभी क्यामेरा, सडक बत्ती लगायतका संरचना ६ महिनाभित्र हटाइसक्न आग्रह गरेको छ । 

विद्युत् भूमिगत कार्य सकिएको स्थानबाट करिब ४०० पोल हट्नेछन् । सो समयमा उपकरणहरु नहटाए प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति प्राधिकरण जिम्मेवार नहुने प्राधिकरणका प्रवक्ता घोसले बताउनुभयो । 

२०७६ साल फागुनदेखि उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य सुरु भएको थियो । दुई वर्षमा सक्ने लक्ष्य रहे पनि चार वर्ष वित्दा समेत तार भूमिगत कार्य सम्पन्न हुन सकेको छैन ।

सडक विभागले काठमाडौंको मुख्य सडकमा विद्यु्तीय तार भूमिगत गर्न अनुमति नदिएको भन्दै प्राधिकरण असन्तुष्ट छ । प्राधिकरणले २०७९ सालसम्म भूमिगत कार्य सकिने जनाएको थियो । तर अहिलेसम्म काम सकिएको छैन । 

प्रवक्ता घोसले भन्नुभयो, “सडक विभागले विभिन्न स्थानमा सडक खन्न दिएको छैन । विभागले अनुमति दिएमात्र खन्न सकिने भएकाले अनुमति कुरेर बसेका छौं ।” सरकारी निकायबिच नै समन्वय नहुँदा विद्युतीय तार भूमिगत गर्ने कार्य विषय अन्याेलमा छ । 

सडक विभागले मुख्य सडक खन्न नदिँदा आयोजनाको म्याद लम्बिँदै गए पनि काम गर्न नसकिएको प्राधिकरणका प्रवक्ता घोसले बताउनुभयो ।

सडक विभागले मुख्य सडक खन्न नदिँदा आयोजनाको म्याद लम्बिँदै गए पनि काम गर्न नसकिएको प्राधिकरणका प्रवक्ता घोसले बताउनुभयो । सडक विभागले भने विद्युतीय तार भूमिग गर्ने काममा कुनै अवरोध नरहेको जनाएको छ । विभागका प्रवक्ता रामहरि पोखरेलले विभाग र प्राधिकरणबिच एमओयूमा हस्ताक्षर भएकाले तार भूमिगत कार्यमा विभागले कुनै अवरोध नगरेको बतउनुभयो । 

विभाग र प्राधिकरणको बिचमा एमओयुमा हस्ताक्षर भएकाले सर्त पालना गरेको खण्डमा कुनै समस्या छैन ।

उहाँले भन्नुभयो, “विभाग र प्राधिकरणको बिचमा एमओयुमा हस्ताक्षर भएकाले सर्त पालना गरेको खण्डमा कुनै समस्या छैन, प्राधिकरणले सर्त पालना नगरेको खण्डमा मात्र समस्या होला नत्र कुनै समस्या छैन ।”

सडक खनेपछि केही दिनमै सडकका खाल्डाखुल्डी पुर्नुपर्ने प्रावधानसहितका सर्तहरु रहेकाले प्राधिकरणले सो सर्तहरु पूरा नगरेमा त्यसको जिम्मेवारी विभागको हुने भएकाले प्राधिकरणले सर्तको पालन गरेर मात्र भूमिगतको काम सक्नुपर्ने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।