• १३ साउन २०८१, आइतबार

गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा

blog

गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा । तस्बिर – केशब गुरुङ / कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ७ गते । लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले लक्ष्मीको आराधना गर्नुभयो । साथै, संस्थानका प्रकाशन प्रमुख, विभागीय प्रमुखसहित कर्मचारीहरूले पनि पूजा अर्चना गर्नुभयो ।

 

गुरु पुष्करराज आचार्यले लक्ष्मीको पूजा गराउनुभएको थियो । पैसा, यन्त्र र तन्त्रको कारोबार हुने कार्यालयहरुमा लक्ष्मीपूजा गरिने परम्परा छ ।पैसालाई लक्ष्मीको प्रतीकको रूपमा मानिन्छ र दैनिक रूपमा लक्ष्मी आउने र जाने हुनाले लक्ष्मीलाई खुसी पार्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

लक्ष्मीपूजालाई विशेष महत्त्वका साथ कार्यालय र घरघरमा पूजा गरिन्छ । लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी कार्यालय तथा घरभरि दियो बाली मनाइन्छ ।

यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।