• २८ फागुन २०८२, बिहिबार

बेनीका किसानलाई माछाका भुरा वितरण

blog

म्याग्दी, फागुन २८  गते ।  बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क  वितरण गरेको छ । 

नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले राससलाई बताउनुभयो । रासस