आजदेखि यमपञ्चक सुरु, काग तिहार मनाईँदै
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
भाइटीका लाउन सार्वजनिक निम्ता
आइतबारदेखि यमपञ्चक सुरु हुँदै छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् तर सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन्। त्यस्ता दाजुभाइकी चेली हुनुहुन्छ– अञ्जली मास्के। अञ्जली मास्केले २४ वर्षदेखि भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइको निधार खाली रहन दिनुभएको छैन। उहाँले यस पटक पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने हुनुभएको छ। उहाँले यस वर्षको सामूहिक भाइटीकाका लागि सार्वजनिक निम्ता (सूचना जारी) गर्नुभएको छ।
यम पञ्चकको सांस्कृतिक महत्त्व
तिहार फूलको पर्व हो। यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन्।
तिहारका लागि पाला बनाउन भ्याइनभ्याई
उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन सघाइरहनुभएको छ ।
कलात्मक शैलीको महालक्ष्मीस्थान मन्दिर
ललितपुरको थसिखेल– ५ मा अवस्थित महालक्ष्मीस्थान मन्दिर प्यागोडा र कलात्मक शैलीले निर्माण भएको छ । भक्तजनहरूको भीड लाग्ने यो मन्दिर जानको लागि पाटन अस्पताल नजिककै एउटै बाटो दाहिने तर्फ गएको छ ।
झिनियाँ रोटी उत्पादनबाट लाखौं आम्दानी
गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो ।
१२ वर्षे जात्रा : ‘ङतभुलु अजिमा’ देवीनाच (फोटो फिचर)
हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो। सो नाचअन्तर्गत विशेष देवी नाच पर्व मनाउने परम्परा छ।
प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन
प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।
‘सत्यमोहनका तीन सपना अधूरै रहे’
अत्यन्त सरल स्वभाव र कहिल्यै रिस नै नउठ्ने, व्यक्तित्व हुनुहुन्थ्यो– वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी ।
तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन
अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको हो ।
प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
मिथिला कला र सिर्जना
मौलिकता, समाजको परम्परासँग जोड्ने धरातलको कलालाई मिथिला कला भनिन्छ।
बुंग महोत्सव (फोटो फिचर)
बुगंमती महोत्सव शनिबार भयो
प्रख्यात बगलामुखी मन्दिर
बर्दियाको गुलरिया नगरपालिका ७ मा अवस्थित प्रख्यात बगलामुखी मन्दिर । यस बगलामुखी देवी एक दुर्गा मातामा समर्पित रहेको छ।
पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरूको बिक्री सुरु
पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।
पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएको छ । पाथीभरा माताको दर्शनसँगै ध्यान गर्न चाहानेहरुलाई लक्षित गरी पाथीभरा क्षेत्र विकास समितिले ध्यान केन्द्र निर्माण गरेको हो ।
छिन्नमस्ता भगवतीलाई चाँदीको हार भेटी
सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरभित्र अवस्थित छिन्नमस्तिका भगवतीलाई नयाँ मुकुट चढाइएको मन्दिर समितिले जनाएको छ । पौने एक तोला रहेको पुरानो मुकुटको कल्कीहरू झरिसकेकाले विगत पाँच वर्षदेखि भगवतीको मुकुट फेर्ने भनिए पनि समितिको निर्णय कुर्दै ढिला भएको थियो ।
दशैंको अवधिमा १६ हजारले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैंको अवधिमा मात्र करिव १६ हजार भक्तजन आएका छन्। दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
कहीँ नभएको जात्रा हाँडीगाउँमा (फोटो फिचर)
कहीँ नभएको जात्रा हाँडीगाउँमा आज सम्पन्न भएको छ । किम्वदतीअनुसार कुनै समयमा एक राजाका दुई छोरीहरु थिए । उनीहरुको सुत्केरी हुने समय एकै भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तान जन्म भएन ।
यस्तो छ महत्व : दशैं सकियो, तिहार सुरु भयो
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । कोजाग्रत पूर्णिमाको दिन देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरी जाग्राम बसेर पूर्णिमाको दिन समापन गर्ने परम्परा पुरानै हो ।
झापामा दशैँ मेलाको मुख्य आकर्षण सतार नाच
झापामा परम्परागत सतार नृत्य हराउँदै गएको छ । झापासहित पूर्वका दशैँका मेलाहरुको प्रमुख आकर्षणको रुपमा रहने गरेका परम्परागत सन्थाल अर्थात सतार नृत्य लोप हुने अवस्थामा पुग्दै गएको हो ।
टीकाको चौथो दिनः नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को
आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
अयोध्याबाट आइपुग्यो रामराज्य रथयात्रा
श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘रामराज्य रथयात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो ।