• १३ साउन २०८१, आइतबार

छिन्नमस्ता भगवतीलाई चाँदीको हार भेटी

blog

नयाँ मुकुट र हारसहित शृङ्गारिएको छिन्नमस्ता भगवतीको मूर्ति । तस्बिर : ललिता साह

ललिता साह

बोदेबर्साईन (सप्तरी), असोज २५ गते । सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरभित्र अवस्थित छिन्नमस्तिका भगवतीलाई नयाँ  मुकुट चढाइएको मन्दिर समितिले जनाएको छ । पौने एक तोला रहेको पुरानो मुकुटको कल्कीहरू झरिसकेकाले विगत पाँच वर्षदेखि भगवतीको मुकुट फेर्ने भनिए पनि समितिको निर्णय कुर्दै ढिला भएको थियो ।

यस वर्ष दशैंको अवसर पारेर काठमाडौं निवासी सुशील दाहालले आफ्नो परिवारको भाकल पूरा भएको भनेर झण्डै दुई किलो पच्चीस तोला चाँदीको मुकुट  र एक किलो बराबर चाँदीको हार मातालाई भेटीमा चढाइएको मन्दिरका पिठाधीस महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

दशैं घटस्थापनाकै दिन माताको मूर्तिलाई शृङ्गार गर्ने क्रममा सो नयाँ मुकुट र हार चढाइएको छ । पुराना मुकुट मन्दिरकै संग्रहालयमा सुरक्षित राखिएको मन्दिर समितिले जनाएको छ ।