• १३ साउन २०८१, आइतबार

कहीँ नभएको जात्रा हाँडीगाउँमा (फोटो फिचर)

blog

मनोजरत्न शाही/केशब गुरुङ्ग

काठमाडौं,  असोज २४ गते । कहीँ नभएको जात्रा हाँडीगाउँमा आज सम्पन्न भएको छ । किम्वदतीअनुसार कुनै समयमा एक राजाका दुई छोरीहरू थिए । उनीहरूको  सुत्केरी हुने समय एकै भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तान जन्म भएन ।

कारण खोज्दै जाँदा रिसाएको नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए । उक्त भगवानलाई प्रसन्न पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सन्तान जन्माउन सफल भएका थिए भन्ने विश्वास रहेको छ । यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ । एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ । 

हेर्नुहोस् जात्राका तस्बिरहरु