मिथिलामा भैयादुज पर्व मनाइँदै
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमसम्बन्ध दर्शाउने भातृद्वितीय अर्थात् भाइदुज पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौ दिन कात्तिक शुक्ल द्वितीयातिथिमा दाजुभाइको दीर्घायुको कामनासहित भातृद्वितीय अर्थात् भरद्वितीया पर्व मनाइन्छ ।
अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका (फोटो फिचर)
हरेक वर्ष दिदीबहिनी नभएका दाजुभाइलाई उहाँले टीका लगाउँदै आउनुभएको छ । यस वर्ष पनि अञ्जली दिदीले दुई सयभन्दा बढी दाजुभाइलाई भाइटीका लगाइदिनु भयो ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा भाइटीका ग्रहण
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले टीकाको साइतमा आज विहीबार काठमाडौंको धापासीस्थित आफ्नो निवासमा दिदीवहिनीबाट भाइटीका ग्रहण गर्नुभएको हो ।
अध्यक्ष ओलीद्वारा बहिनीहरुबाट भाइटीका ग्रहण
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गर्नुभएको हो ।
देउसी–भैलीमा मौलिक सिर्जना छ
हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।
प्रधानमन्त्री देउवाले लगाउनुभएन भाइटीका
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन ।
दिदीबहिनीको विशेष चाड भाइटीका
तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथि भाइटीकाको दिन । आज दिदी भाइ बहिनीको विशेष दिन विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भोजन खुवाउने र दिदी बहिनीहरूलाई उपहार वा दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ ।
बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु (फोटो फिचर)
आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।
रानाथारूको तिहार मनाउने शैली फेरियो
रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।
तिहारको अन्तिम दिन भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
चौपन्न कुरीया मगरको आगादेऊ पूजा गरिँदै
तेह्रौँ शताब्दीदेखि निरन्तर हुँदैआएको संस्कार आगादेऊ पूजा मंगला गाउँपालिका –३ बरंजामा सुरु भएको छ । मंगला गाउँपालिका –३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरीया मगरहरूले यो पर्व मनाउँदैआएका छन् ।
कीर्तिपुरमा न्हूदँया भिन्तुना र्याली सम्पन्न
राष्ट्रिय संवत् नेपाल संवत् ११४३ न्हूदँ यहाँस्थिति विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको छ । कीर्तिपुर, पाँगा, नगाउँ, इटागोल, भाजंगाल, चोभारसहित विभिन्न स्थानमा नेपाल संवत्लाई स्वागत गरिएको हो ।
नेपाल संवत्को महत्त्वलाई उजागर गर्न जरुरी छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
देउसी भैलीको मौलिकपन जोगाउनै मुश्किल
लक्ष्मीपूजाको दिन भैली र गोवर्द्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।
झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत
राजधानीको वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत गरिएको छ । न्हूदँ नेपाल सम्वत ११४३ मुल आयोजक समितिद्वारा नगरपरिक्रम गरेर नयाँ वर्ष धुमधामका साथ मनाइएको हो ।
नेपाल संवत् सम्पूर्ण नेपालीको हो: डा. बज्रमुनि बज्राचार्य
आज बुधबारदेखि नेपाल संवत् नयाँ वर्ष ११४३ सुरू भएको छ । यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । लक्ष्मीपूजाको भोलिपल्टदेखि सुरु हुने यो संवत्मा आधारित रहेर विभिन्न जात्रा र उत्सव निश्चित गरी मनाउने गरेको पाइन्छ ।
नेपाल संवत् ११४३ न्हूदँया भिन्तुना (फाेटाे फिचर)
नेपाल संवत् ११४३ बुधबारबाट शुरू भएकाे छ । शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार मध्यपुुरथिमि, भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा केही दृश्यहरू
गौशालामा पुगेर गृहमन्त्रीले गर्नुभयो गोवर्द्धन पूजा
कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।
नेपाल संवत् ११४३ सुरुवातसँगै शुभकामना र्याली
नेपाल संवत् ११४३ न्हुदँका सुरुवातको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको छ ।
हराउँदै ‘सोरठी नाच’
बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ ।
आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’
फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।
नेपाल संवत् ११४३ र म्ह: (आत्म) पूजा आज
नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज गोवर्द्धन, बलि, गोरु र हली पूजा
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गहते गाउँको मुखियामा गुरुङ
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ५ गहते गाउँका स्थानीयले नयाँ मुखिया पाएका छन् । गाउँमा भएको गाउँसभा २०७९ बाट ५५ बर्षीय पालबहादुर गुरुङ मुखियामा चुनिनुभएको हो ।