• २० असोज २०८१, आइतबार

गौशालामा पुगेर गृहमन्त्रीले गर्नुभयो गोवर्द्धन पूजा

blog

गोवर्द्धन पूजा गर्दै गृहमन्त्री बालकृष्ण खाँण,घनश्याम भुुसाललगायत । तस्बिर – कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, कार्तिक ९ गते । कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ  ।

यसैबीच, गृहमन्त्री एवं नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमामा रहेको गौशाला पुगेर गाईको गोबरको पर्वत बनाई गोवर्द्धन पूजा गर्नुभएको छ ।

खाँणसहित रुपन्देही क्षेत्र न १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुषाल, प्रदेश सभा २ (१) का उम्मेदवार कुमार केसी, तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणलगायतले पूजा अर्चना गर्नुभयाे ।


त्यस्तै, रुपन्देहीको देवदहमा रहेको कामधेनु गौशालामा बुटवलका नगरप्रमुख खेलराज पाण्डेय, वडाध्यक्ष नरिश्वर पौडेललगायतले गोवर्द्धन पर्वतमा पूजा गरेको योगी साेमराजले जानकारी दिनुभयो ।

द्वापरयुगमा श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमको भनाइ छ ।