• १२ साउन २०८१, शनिबार

नरसिंह अवतार ‘हिरण्यकश्यप वध’(फोटोफिचर)

blog

पाटनको मङ्गलबजारको कात्तिक नाच डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक २१ गते । हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएकाे कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।

आइतबार राति कात्तिक नाचको आठौं दिनमा उक्त नाच प्रस्तुत गरिएको हो । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले ३८२ वर्षअघि सुरु गर्नुभएको मान्निछ ।

देश र जनताको कल्याणको लागि राजा मल्लले गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ । कात्तिक १३ गते आइतबारदेखि सुरु भएको कात्तिक नाच भोलि (मङ्गलबार) सम्म देखाइनेछ ।







Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।