• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय ज्यापू दिवसमा सांस्कृतिक कार्यक्रम हुने

blog

राष्ट्रिय ज्यापू दिवसकाे पूर्वसन्ध्यामा शुभकामना दिन निस्किएकाे सुकुन्दा र्‍याली ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २१ गते । बिहीबार हुने १९ औँ राष्ट्रिय ज्यापू दिवसको मूल समारोहका सबै तयारी पूरा ज्यापू संस्कृति विकास कोषले जानकारी दिएको छ । 

सो समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

ज्यापू समुदायको परम्परागत मौलिक संस्कृति, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण गर्न निरन्तर रूपमा यस दिवस मनाउन थालिएको उहाँले बताउनुभयो । 

वि.सं. २०६१ सालदेखि नेवाः जातिभित्रको ज्यापू समुदाय र गैरज्यापू समुदायबीच सामाजिक सद्भाव, समन्वय र सहयोगी भावना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक अभियान सुरु गरिएको कोषद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सो समारोहमा विभिन्न विधामा उत्कृष्ट काम गर्नुभएका प्रतिभाहरूलाई पुरस्कृत गर्नुका साथै अभिनन्दन गरिन्छ ।

– सांस्कृतिक पदयात्रा हुने स्थान तल उल्लेख छ ।